पाथीभरामा तीर्थयात्रीको मृत्यू

पाथीभरामा तीर्थयात्रीको मृत्यू


ताप्लेजुङको पाथीभरामा एक तीर्थत्रात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिकाका ६४ वर्षीय हरिप्रसाद घिमिरे रहेका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

फेदीमा अस्वस्थ्य महसूस गरेर बेहोस भएका घिमिरेलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

परिवारसँगै दर्शनका लागि पुगेका घिमिरेलाई उनकै गृहजिल्ला पठाइसकिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिएका छन् ।