अस्ट्रेलियाका प्रधानमन्त्री मोरिसनद्वारा हार स्वीकार

अस्ट्रेलियाका प्रधानमन्त्री मोरिसनद्वारा हार स्वीकार


अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो कन्जरभेटिभ दलको सरकारका लागि ‘कठिन रात’ भन्दै शनिबार भएको राष्ट्रिय निर्वाचनमा भएको पराजयलाई स्वीकार गरेका छन् ।

मोरिसनले भनेका छन्, ‘आज राती मैले प्रतिपक्षी नेता तथा भावी प्रधानमन्त्री एन्थोनी अल्बेनिजसँग कुरा गरेको छु र उहाँको चुनावी विजयको लागि मैले उहाँलाई बधाई दिएको छु ।’

चवन्न वर्षीय प्रधानमन्त्रीले नेताले निर्वाचनमा प्रमुख दललाई मतदाताको समर्थन नदेखिएको उल्लेख गरेका छन् ।

‘मेरो विचारमा हाम्रो राष्ट्रमा भइरहेको उथलपुथलबारे मलाई चिन्ता लागेको छ । हाम्रो राष्ट्रहितका लागि यो समस्या अन्त्य हुनु र राष्ट्रिय राजनीतिक गतिविधि अगाडि बढ्नु महत्वपूर्ण छ’, उनले भनेका छन् ।

गठबन्धनको बलियो नेतृत्वमा आफूलाई कुनै शङ्का नभएको भन्दै उनले अबको तीन वर्षपछि गठबन्धनको सरकार फर्काउने प्रतीक्षामा आफू रहेको पनि बताएका छन् ।