राप्रपाले भन्यो- ‘पेट्रोलियम पदार्थमा लगाइएको करमा पुनर्विचार गरियोस्’

राप्रपाले भन्यो- ‘पेट्रोलियम पदार्थमा लगाइएको करमा पुनर्विचार गरियोस्’


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पेट्रोलियम पदार्थमा लगाइएको करमा पुनर्विचार गर्न आग्रह गरेको छ ।

अध्यक्ष राजेन्द्र लिङदेनले श्रृङखलावद्ध रुपमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा भइरहेको मूल्यवृद्धि अव्यवहारिक र आपत्तिजनक रहेको बताउँदै मूल्यवृद्धि नियन्त्रण गर्न माग गरेका छन् ।

लिङदेनले बढाइएको मूल्य तत्काल फिर्ता गर्न माग गरेका छन् । उनले पेट्रोलियम पदार्थमा राज्यले भन्सार र विभिन्न शीर्षकमा लिइरहेको करको कानुनर्विचार गरी मूल्य नियन्त्रण गर्न र विद्युत उत्पादन, खपत र वैकल्पिक ऊर्जाको आवश्यक कार्ययोजना ल्याउन सरकारसँग माग गरेका छन् ।