जापानमा नेपाली युवाको मृत्यु

जापानमा नेपाली युवाको मृत्यु


  • जापान प्रतिनिधि

विद्यार्थी भिषामा जापान आएर अध्ययनपश्चात हाकेन कम्पनीमा कार्यरत २९ सजिन्द्र प्रधानको उपचारका क्रममा जापानको नागोयामा मृत्यू भएको छ ।

काम सकाएर कोठामा सुतिरहेको अवस्थामा सजिन्द्रलाई स्वासप्रस्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।

श्रीमतीसँगै बस्दै आएका प्रधानको मंगलबार बिहान ७ः३० बजे उपचारका क्रममा असामयिक निधन भएको गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका सदस्य दिपक कार्कीले जानकारी दिएका छन् ।

नेपालको खोटाङ जिल्ला सिम्पानी-२ ठेगाना रहेका प्रधानका श्रीमती, आमाबुबासहितको संयुक्त परिवार रहेको छ ।

परिवारको आग्रहमा प्रधानको शवलाई नेपाल पठाइने एनआरएनए आइसीसी सदस्य कार्कीले जानकारी दिएका छन् ।