अमेरिकाको विद्यालयमा नरसंहार, शिक्षकसहित २१ जनाको मृत्यु

अमेरिकाको विद्यालयमा नरसंहार, शिक्षकसहित २१ जनाको मृत्यु


अमेरिकाको टेक्सासमा गोली चल्दा अठार बालबालिकासहित २१ जनाको मृत्यु भएको छ । रब एलिमेन्ट्री स्कुलमा १८ वर्षीय बन्दुकधारीले हमला गर्दा उनीहरुको मृत्यु भएको राज्यका गभर्नरले जानकारी दिएका छन् ।

पछिल्लोे हमला वर्षौंपछि देशको सबैभन्दा डरलाग्दो आक्रमण हो । उक्त विद्यालयमा सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्छन् । गभर्नर ग्रेग एबोटले पत्रकार सम्मेलनमा भनेका छन्, ‘आक्रमणकारीले भयानक र बुझ्न नसकिने ठूलो संख्यामा शिक्षक र विद्यार्थीहरुको हत्या गरेको छ । ’

प्रहरी कारवाहीमा आक्रमणकारीको पनि मृत्यु भएको छ । कानुन पालना गराउने अधिकारीको कारबाहीमा सल्वाडोर रामोस नामक आक्रमणकारी मारिएको प्रारम्भिक विवरणमा जनाइएको छ ।

राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन् ।