लण्डन । कतारमा कार्यरत नेपाली श्रमिकहरुको त्यहाँको जीवनशैलीलगायत वास्तविक अवस्थाको बारेमा वृतचित्रको लागि छायांकन गर्नको लागि बेलायत बसोबास गर्ने मानव अधिकारकर्मी कृष्ण प्रसाद उपाध्याय र छायांकार सञ्चारकर्मी गुणदेव घिमिरेको कतारस्थित ग्राण्ड ह्यात होटेलबाट केही व्यक्तिहरुले आफ्नो अधिकारमा लिएको श्रोतले जनाएको छ । पुलिसजस्ता देखिने सादा पोशाकमा आएका ती व्यक्तिहरुले कब्जामा लिएपछि उपाध्याय र घिमिरे दुबै सम्पर्क विहिन भएकाथिए ।
सन् २०२२ मा हुने विश्वकप फुटबलको लागि कतारमा व्यापक मात्रामा खेलकुद भवन, स्टेडियमलगायतका विविध कार्यहरुमा निमार्णहरु भइरहेका छन् जसमा बताइएअनुसार सबैभन्दा ज्यादा मात्रामा नेपालीहरु श्रमिकको रुपमा त्यहाँ कार्यरत छन् । बिगत केही समयदेखि त्यहाँ श्रमिकहरुउपर शोषण भइरहेको र मानवअधिकारविरुद्ध कामहरु भइरहेका समाचारहरु सर्वत्र आइरहेका छन् । त्यस्तै अवस्थाहरुको अनुसन्धान गर्नको लागि अथवा अनुसन्धानलाई सहयोग दिलाउने किसिमका अन्तरवार्ताहरु तयार पार्न नर्वेजीयन च्यारिटी संस्था ‘दी ग्लोबल नेटवर्कस् फर राइट्स एण्ड डिभेलोप्मेन्ट’ नामको संस्थाको तर्फबाट मानवअधिकारकर्मी उपाध्याय र सञ्चारकर्मी घिमिरे कतार पुगेका थिए । बेलायतबाट कतार पुगेर आफ्नो काम भ्याइसकेका यी दुईको यही अगस्ट ३१पछि सम्पर्क विहिन भएको कुराको जानकारी घिमिरे पत्नीले दिएकी छिन् ।
समाचार प्रकाशमा आउनसाथ सबैतिरबाट यसबारे चर्चा थालिएको एकातिर छ भने अर्कोतिर यहीं बेलायतमा नेपाल पत्रकार महासंघ यूके शाखाले एक पत्र कतार दूतावासमा पठाई दुई सञ्चारकर्मीको पछिल्लो अवस्थाको बारेमा स्पष्टिकरणको माग राखेको छ ।
परिवार श्रोतबाट थाहा लागेको पछिल्लो जानकारीअनुसार दुबै सकुशल रहेका छन् । बताइएअनुसार, यसबारे बेलायतीमा विदेश मन्त्रालयलाई पनि जानकारी भएको र दुईको कुशलताका साथै रिहाइको लागि अन्तर्राष्ट्रिय सञ्चार माध्यमबाट पनि दबाब दिने काम भइरहेका छन् ।
यसैसम्वन्धी यो समाचार पनि
कतार दूतावासमा पत्रकार महासंघ यूके शाखाको ध्यानाकर्षण पत्र
लण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले लण्डनस्थित कतारी दूतावासमा ध्यानाकर्षण पत्र पठाएको छ । नेपाली मूलका बेलायती नागरिक नेपाल पत्रकार महासंघ युके शाखाका सदस्य गुणदेव घिमिरे र अधिकारवादी नेता कृष्ण उपाध्यालाई कतारमा बेपत्ता बनाएको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएपछि शाखाले कतारी दूतावास समक्ष उनीहरुको बारेमा जानकारी मागेको हो ।
विहीवार शाखाका अध्यक्ष चिरन शर्माले दूतावासलाई पत्र लेख्दै नेपाल पत्रकार महासंघ यूके शाखाका सदस्य घिमिरे तथा अधिकारवादी उपाध्यायको अवस्था तत्काल सार्वजनिक गर्न माग गर्दे उनीहरुको सुरक्षाको चासो राखेको छ ।
सो पत्र बारेमा नेपाली दूतावास लण्डन, नेपाल पत्रकार महासंघ र उनीहरु कार्यरत संस्था जीएनआरडीलाई समेत जानकारी गराइएको शाखाले जनाएको छ ।
अध्यक्ष शर्माले ‘अधिकार र विकाससम्बन्धी विश्वव्यापी सञ्जाल नामको गैरसरकारी संस्थामा संलग्न घिमिरे र उपाध्यायद्वयलाई कामको सिलसिलामा कतारमा रहेका बेला सादा पोशाकका प्रहरीले गत आइतबारदेखि बेपत्ता पारेको समाचारले महासंघ स्तब्ध भएको बताए । -नेपाल ब्रिटेन डट कम
यसैसम्वन्धी यो समाचार पनि
अपिल
कतारमा कार्यरत नेपाली श्रमिकहरुको बारेमा अध्यन, अनुसन्धान गर्न एबं उनीहरुको अबस्थाको बारेमा वृतचित्र बनाउन नर्बेजिएन मानवाधिकार संस्था द ग्लोवल नेटवर्क फर राइटस् एण्ड डेभलपमेण्ट (जीएनआरडी) का तर्फबाट कतारमा जानुभएका मनाबधिकार कर्मी कृष्ण उपाध्याय तथा पत्रकार गुणदेव घिमिरे कतारमा सम्पर्क बिहिन हुनु भएको र उहाहरुलाई सादा पोशाकका शुरक्षाकर्मीहरुले पिछा गरि उहाहरु बस्नु भएको होटल परिसर बाट नै कब्जामा लिएको समाचारले हामीलाई अत्यन्तै दुखि एबं गम्भीर बनाएको छ ।
हाम्रो संगठन प्रबाशी नेपाली मंच (बेलायत )( तत्कालिन नेपाली लोकतन्त्रीक मंच बेलायत) संग स्थापनाकाल देखिनै आबद्ध रहदै आउनु भएका उपाध्याय २०६२ / २०६३ सालको जनाअन्दोलन मा बेलायतमा नेपाली जनअन्दोलनको एक्यबद्धता अभियानको नेता, गैरआवासीय नेपाली संघ, बेलायतका पूर्व राष्ट्रिय संयोजक एबं मनाबधिकार कर्मी एबं उहासंगै रहेका गुणदेव घिमिरे टेलिभिजन पत्रकार हुनुहुन्छ ।
हाम्रो संगठन उहाहरुको अबस्थाको बारेमा सत्य तथ्य यथासिघ्र जानकारीको को लागि सम्बन्धित कतार सरकार, नर्बेजिएन मानवाधिकार संस्था द ग्लोवल नेटवर्क फर राइटस् एण्ड डेभलपमेण्ट (जीएनआरडी), बेलायत सरकार तथा नेपाल सरकार समक्ष जोडदार माग गर्दछ साथै कतार प्रबाशी नेपाली मंच, गैरआवासीय नेपाली संघ लगाएत सम्पूर्ण नेपाली संघ सस्था एबं सम्पूर्ण महानुभाबहरु बाट संसारभर आबाज बुलन्द गर्न र सम्बन्धित निकायहरुलाई दबाब सिर्जना गर्न अपिल गर्दछ ।तुंग भुसाल
महासचिब
प्रबाशी नेपाली मंच (बेलायत )
प्रतिक्रिया