जितलाई विजयभन्दा पनि कार्यको सुरुवातको रुपमा लिएको उद्घोष
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले अबका दिनमा भिजन र एजेण्डा कार्यान्वयन गर्नेतिर लाग्ने बताएका छन्।
शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले महानगरको निर्वाचन परिणाम घोषणा कार्यक्रममा मेयर बालेनले जितलाई विजयभन्दा पनि कार्यको सुरुवातको रुपमा लिएको बताए ।
उनले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट शहर बनाउने प्रतिवद्धता समेत जनाए । उनले भने, ‘ ‘काठमाडौं महानगर परिवारको रूपमा छ, परिवार नै रहनेछ । हामी सबै मिलेर अब काठमाडौंलाई देशको मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउन सबैले सहकार्य गर्नेछौँ भन्ने आशा राखेको छु ।’
स्वतन्त्र रुपमा उम्मेदवारी दिएका साहले कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई पराजित गरेर मेयरमा निर्वाचित भएका हुन् । काठमाडोंको उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी भएकी छन् ।
प्रतिक्रिया