संयुक्त राष्ट्रसंघका महासचिवद्वारा आतङ्कवादी हमलाको निन्दा

संयुक्त राष्ट्रसंघका महासचिवद्वारा आतङ्कवादी हमलाको निन्दा


संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अफगानिस्तानमा भर्खरै भएको आतङ्कवादी आक्रमणको निन्दा गरेका छन् । आक्रमणमा हजारा शिया समुदायका सदस्यहरू र अन्य नागरिकको ज्यान गएको थियो ।

महासचिवले अफगानिस्तानको मजार–ए–शरीफ शहरमा यात्रुवाहक सवारी साधनहरू र काबुल शहरको मस्जिद शरीफ हजरत जकारिया मस्जिदलगायत भर्खरै भएका आक्रमणहरूको निन्दा गर्दै दुःख व्यक्त गरेको महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले विज्ञप्तिमार्फत सार्वजिनक गरेका छन् । गुटेरेसले पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

उनले जातीय र धार्मिक अल्पसंख्यक लगायत नागरिकको संरक्षणका साथै स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सबै पक्षलाई आह्वान गरेका छन् ।

महासचिवले जातीय र धार्मिक अल्पसंख्यक लगायत नागरिकको संरक्षणका साथै स्वतन्त्र रूपमा आफ्नो धर्मको पालना गर्ने अधिकार सुनिश्चित गर्न पनि सबै पक्षहरूलाई आह्वान गरेका छन् ।

अफगानिस्तानमा तालिबान शासनको विरोध गर्दै आएको इस्लामिक स्टेट ९आईएस० समूहले गरेको शृङ्खलाबद्ध बम आक्रमणबाट प्रभावित भएको बेला यो भनाइ सार्वजनिक भएको हो ।

काबुलमा बुधबार साँझको प्रार्थनाका क्रममा मस्जिदमा भएको विस्फोटमा कम्तीमा पाँच जना उपासकको मृत्यु हुनाको साथै अन्य १७ जना घाइते भएका थिए।

बुधबारको विष्फोटमा काबुलको प्रहरी जिल्ला (पीडी) ४ मा साँझको नमाजको क्रममा मस्जिदमा विस्फोट हुँदा कम्तिमा पाँच उपासकको मृत्यु भएको थियो र अन्य १७ जना घाइते भएका थिए। हजरत(ए(जेकरिया मस्जिदमा मानिसहरू प्रार्थना गरिरहेका बेला विस्फोट भएको थियो।

मजार–ए–शरीफको तीनवटा भ्यान(बसमा लगातार विस्फोटन हुँदा नौ जनाको मृत्यु हुनाका साथै अन्य १५ जना घाइते भएका थिए ।