बुर्किनाफासो आक्रमणमा ५० जना मारिए

बुर्किनाफासो आक्रमणमा ५० जना मारिए


बुर्किनाफासोको पूर्वी क्षेत्रमा एक हतियारधारीको आक्रमणमा परेर ५० जनाको ज्यान गएको छ । पूर्वी बुर्किनाफासोको मदजोरीमा गत बुधबार सो हिंसात्मक हमला भएको थियो । त्यस गाउँमा अज्ञात बन्दुकधारीले हमला गरेर यतिधेरै नागरिकको ज्यान लिएका हुन् ।

यहाँको पूर्वी क्षेत्रीय गभर्नर हुबर्ट यामेयोगोले सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार ठूलो संख्यामा आएका अज्ञात बन्दुकधारीहरुले बुधबार यो नरसंहार गरेका हुन् ।सोही क्षेत्रमा यही मे १४ र मे १९ मा भएका यस्तै हिंसात्मक हमलामा परेर २८ जनाको ज्यान गएको थियो । अरु कैयौँ घाइते पनि भएका थिए ।

बुर्किना फासोमा गएका केही वर्षयतादेखि सुरक्षाको अवस्था नाजुक बन्दै गएको छ । जसका कारण यहाँ दैनिक रुपमै नागरिकले ज्यान गुमाउनु परिरहेको छ ।