आजको पञ्चाङ्ग एवम् राशिफल (१४ जेठ २०७९ शनिबार, २८ मे २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१४ जेठ २०७९ शनिबार, २८ मे २०२२)


अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ ग्रीष्म ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ज्येष्ठ १४ गते शनिबार तद्अनुसार सन् २०२२ मे २८ तारिख ज्येष्ठ कृष्णपक्षको त्रयोदशी तिथि भरणी नक्षत्र शोभन योग भद्रा करण आनन्दादिमा ध्वाँक्ष योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः११ मा भयो र सूर्यास्त साँझ १८ः५२ मा हुनेछ । सिथिचह्रे पूजा ।

आजको राशिफल

मेष – रसरागमा आकर्षण बढ्ने दिन छ । आज केही चुनौतीहरू देखिए पनि हाँसखेल र मनोरञ्जनपूर्ण ढंगले समय ब्यतीत होला । पारिवारिक सुख मिल्नुका साथै अध्ययन/अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । मिठो भोजन प्राप्त हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । आरोग्य वृद्धि हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – भागदौडधुप वृद्धि भए पनि सफलता प्राप्त हुने दिन छ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । यात्रामा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । तथापि, आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । रसरागमा आकर्षित हुनु हुनेछ ।

मिथुन – समय शुभ फलदायक रहनेछ । आयस्रोत र आरोग्यता वृद्धि हुनेछ । प्रेमको बन्धन कसिने बेला छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यावसायिक यात्राको सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । कार्यगति वृद्धि हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – कर्म वृद्धि हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । आज कल्पना र भावनामा केन्द्रित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, संयमित रहनुहोला । नचिताएको स्थानबाट धनागमनको संकेत छ । मनोकूलको काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – सौभाग्य बढ्नेछ । व्यवसायमा राम्रै फाइदा हुनेछ । शोख पूरा गर्नमा केही खर्च बढ्नेछ । पारिवारिक वातावरण भने तपाईंको अनुकूल हुने छैन । तथापि शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । खेलकुद तथा भ्रमण आदिमा आकर्षण बढ्नेछ ।

कन्या – आज व्यस्तता बढ्नेछ भने प्रयासरत काममा सफलता प्राप्त हुनेछ । शत्रु र रोगबाट छुटकारा मिल्नेछ । मुद्दा/मामिलामा विजयी भइएला । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । दाम्पत्य सुख बढ्नेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।

तुला – आर्थिक प्रगति होला र मनमा सन्तुष्टि पनि मिल्नेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – समय मिश्रित फलदायक रहला । आज विवादमा नपर्नु हितकर हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । कसैसंग सामान्य झगडा पनि हुन सक्छ । सवारी साधन हाँक्दा अपनाएको सचेतका कारण चोटपटकबाट जोगिनुहुनेछ । आरोग्यता बढ्ला । शत्रुमाथि ध्यान राख्नुपर्नेछ । लगानी वृद्धि हुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ ।

धनु – महत्वाकांक्षी योजना पूरा होलान् । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । दैनिक काममा सफलता मिल्नेछ । विवादबाट भने बच्नुहोला ।

मकर – समग्रमा आजको दिन राम्रो छ । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा सुमधुर सम्बन्ध रहने छ । आशा उत्साह बढ्ला । विजयश्री मिल्नेछ । आयस्रोत बढ्ला ।

कुम्भ – प्रयासरत काम बन्नेछ । तपाईंको प्रतिभाको कदर हुनेछ । विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । चुनौती र अप्ठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । मान प्रसंशा बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । वार्तामा सफलता मिल्नेछ । व्यस्त रहनुहुनेछ ।

मीन – मनोकूलको काम बनेर मन प्रशन्न हुने योग रहे पनि स्वास्थ्यमा समस्या देखापर्ने देखिन्छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । शुभ धन यश मान पद प्रतिष्ठा बढ्ला । रसरागमा रुचि बढ्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । सुखको वस्तुको लागि धन खर्च गर्नु हुनेछ ।