नेपालमा बढ्दो महिलाहिंसा र बलात्कारविरूद्ध सिड्नीमा चेतनामूलक कार्यक्रम

नेपालमा बढ्दो महिलाहिंसा र बलात्कारविरूद्ध सिड्नीमा चेतनामूलक कार्यक्रम


  • राजन घिमिरे

नेपालमा बढ्दै गएको यौन हिंसा र बलात्कारको घटनाप्रति प्रबासी नेपालीमा समेत चासो र चिन्ता बढेको छ । यस्ता आपराधिक घटनाको विरोधमा के देश के प्रबास सबैतिर आवाज उठ्नुपर्छ भन्ने अवधारणाका साथ शनिबार सिड्नीको अर्बन पार्कमा एक विरोध कार्यक्रमको आयोजना गरिएको छ ।

यौन हिंसा र बलात्कारका यस्ता घटनाको खुलेर विरोध गर्न र सामाजिक सन्देश प्रवाह गर्नुपर्नेमा कार्यक्रममा उपस्थित वक्ताहरूले जोड दिए । कार्यक्रममा यौनहिंसा र बलात्कारको विरोध लेखिएका ब्यानर र प्लेकार्डको प्रर्दशन गरिएको थियो ।

विरोध कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरूङ, एनएस डब्ल्यूका संयोजक देव गुरुङ, अबन नेप्लिज कम्युनिटीका अध्यक्ष रविन्द्रकुमार शर्मा, इनास अष्ट्रेलियाका अध्यक्ष मनोज अधिकारीले यस्ता कार्यक्रमहरूको आयोजना गरेर अष्ट्रेलियाको नेपाली समाजलाई पनि चेतना बाँड्नुपर्नेमा जोड दिएका थिए ।

उक्त चेतनामूलक कार्यक्रमको आयोजना सिड्नीमा रहेका सबला बस्नेत, अजिना कार्की र यमुना कँडेललगायतले गरेका थिए ।