नाइजेरियाली चर्चमा भागदौड हुँदा कम्तीमा ३१ जनाको मृत्यु

नाइजेरियाली चर्चमा भागदौड हुँदा कम्तीमा ३१ जनाको मृत्यु


नाइजेरियाको एक चर्चमा भागदौड हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ ।

दक्षिणी नाइजेरियामा रहेको नाइजेरियाको रिभर राज्यको पोर्ट हार्कोर्ट शहरमा चर्चमा सम्पन्न एक धार्मिक कार्यक्रमपछि खाना वितरण भइरहेको समय एक्कासी भागदौड भएको चर्चका अधिकारीलाई उद्धृत गरी नाइजेरियाली प्रहरीले जनाएको छ ।

कम्तीमा ३१ जनाको मृत्यु पुष्टि भएको र अन्य केही घाइते भएका स्थानीय प्रहरीका प्रवक्ता ग्रेस आइरिन्ज-कोकाले जनाएका छन् ।

अफ्रिकी मुलुक नाइजेरियामा समुदाय समुदायबीचमा बेलाबखत हुने द्वन्द्वका कारण ग्रामिण क्षेत्रका मानिसहरूले भय र त्रासका बीच आफ्ना दैनिकी सञ्चालन गर्दै आएका छन् ।