बजेटले भन्यो- दोलखामा फिल्म सिटी, काभ्रेमा इन्डोर स्टुडियो

बजेटले भन्यो- दोलखामा फिल्म सिटी, काभ्रेमा इन्डोर स्टुडियो


  • राजन घिमिरे

अन्ततः दोलखामा फिल्म सिटी र काभ्रे जिल्लामा इन्डोर स्टुडियो निर्माण गरिने निश्चित जस्तै भएको छ ।

आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दै आइतबार अर्थमन्त्री जनार्दन शर्माले दोलखा जिल्लामा फिल्म सिटी र काभ्रेको बनेपामा इन्डोर स्टुडियो निर्माणका लागि बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् । सरकारको यो निर्णयले चलचित्र क्षेत्रमा उत्साह थपिएको छ ।

सरकारले दोलखामा फिल्म सिटी निर्माण गर्न निजी क्षेत्रलाई पनि समाहित गरिने जानकारी दिएको छ । सरकारी र निजी साझेदारीमा काभ्रेको बनेपामा इन्डोर स्टुडियो निर्माण गर्ने कुरा बजेटमा उल्लेख गरेको छ ।

सरकारले बजेटमा नेपाली भाषा, कला र मौलिकता प्रस्तुत भएका चलचित्र, गीत तथा सर्जकलाई प्रोत्साहन पनि गरिने बताएको छ । प्रोत्साहनस्वरूप नगद उपलब्ध गराइने र सम्मान गरिने जानकारी पनि दिएको छ ।