कपिलवस्तुका ६ पालिकामा कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न

कपिलवस्तुका ६ पालिकामा कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न


  • घटना र विचार प्रतिनिधि, कपिलवस्तु

कपिलवस्तुको ६ पालिकामा कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएका छन् । गत वैशाख ३० को निर्वाचनपछि कार्यपालिकालाई पूर्णता दिन निर्वाचन सम्पन्न गरिएको हो । कपिलवस्तु, बाणगंगा, शिवराज र कृष्णनगर नगरपालिका तथा यशोधरा, विजयनगर गाउँपालिकाको कार्यपालिका निर्वाचन सम्पन्न भएको हो ।

कपिलवस्तु नगरपालिकामा कांग्रेस र जसपा गठबन्दन विजयी भएका छन् । कपिलवस्तु नगपालिका नगर कार्यपालिका निर्वाचनमा कांग्रेसबाट राम दास चमार, प्रेमा कोरि, चन्दा कुर्मी, प्रभावती यादव तथा जसपा गंगेश बर्मा, गोविन्द कहार, मान्ति कहाइन र बिन्दु थारु निर्वाचित भएका हुन् ।

कपिलवस्तुको बाणगंगा नगर कार्यपालिका सदस्यको निर्वाचनमा नेकपा एमालेको प्यानलै विजयी भएको छ । एमाले उम्मेदवार बनाएका ५ जना महिला र ३ जना दलित सदस्य गरी ८ जनाको प्यानलै विजयी भएको हो।

महिलातर्फ केशरा गुरुङ, चन्द्रावती थारु, दानु घर्ती, शान्ता पाण्डे, शारदा परियार तथा दलिततर्फबाट कृष्णकुमार सुनार, दिलबहादुर सुनार, पिताम्बर बिक निर्वाचित भएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका नगर कार्यपालिकाको निर्वाचनमा एमाले र कांग्रेस गठबन्धन विजयी भएको छ ।

कार्यपालिकाको निर्वाचनमा एमाले, कांग्रेसको गठबन्धनले ३८ मत प्राप्त गरी विजयी भएको छ भने लोकतान्त्रिक समाजवादी, माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपालको गठबन्धनले १९ मत प्राप्त गरेको छ।

नेकपा एमालेको तर्फबाट खगी सुनार, गंगा घर्ति मगर, बुद्धिकला भण्डारी र प्रेम सुनार त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका सन्तबहादुर धोबी, सिमरन बिक, बिष्णु कुँवर पाण्डे र हेवन्चली चमार विजयी भएका छन् ।

उता कृष्णनगरमा महिला सदस्यमा एमालेकी ज्योति कोरी, कांग्रेसकी विद्यावति कोहार, कांग्रेसकी सोमना पासी, जसपाकी इन्द्रावती भर तथा पुरुषतर्फ कांग्रेसका रामलाल बढई, जसपाका रामकिशोर बढई र बहुजन शक्ति पार्टीका गौरी शंकर हरिजन निर्वाचित भएका छन् ।

यशोधरा गाउँकार्यपालिकामा एमालेका प्यानल विजयी भएका छन् । खुल्लातर्फ विजयी भएका छन् । विजयी हुनेहरुमा रामअचल कोरी, रामकिशोर बरइ, महिला सदस्यतर्फ अनरावती लोध, केवलपाती पासीन, गुजराती कलवारीन, लक्ष्मी देवी चमार विजयी भएका छन् ।

विजयनगर गाउँपालिकामा एमाले प्यानल विजयी भएका छन् । खुला तर्फ टंकबहादर सुनार र मुजीबुर रहमान तथा महिलातर्फ दमन्ती सरा राना, रुन्नती देवी पाण्डेय, बलीमाया बिक र मीना बिक निर्वाचित भएका छन् । बाँकी रहेको बुद्धभूमि र महाराजगंज नगरपालिका तथा मायोदेवी र सुद्धोदन गाउँपालिको निर्वाचन पनि एक हप्ताभित्रै सम्पन्न हुने निर्वाचन कार्यालयले जनाएको छ ।