सम्पत्ति शुद्धीकरण मुद्धामा दिल्लीका स्वास्थ्यमन्त्री पक्राउ

सम्पत्ति शुद्धीकरण मुद्धामा दिल्लीका स्वास्थ्यमन्त्री पक्राउ


भारत दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैन सम्पत्ति शुद्धीकरण मुद्धामा पक्राउ परेका छन् । अरविन्द केजरीवाल सरकारका मन्त्री जैन सन् २०१५ देखि सन् २०१६ मा कोलकाताको एक फर्मसँग हवाला लेनदेनमा संलग्न थिए ।

केन्द्रीय अनुसन्धान व्युरो (सीबीआई)ले जैन र उनको परिवारविरुद्ध अगस्ट २०१७ मा १.६२ करोड भारुसम्मको सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको थियो ।

आम आदमी पार्टीले मन्त्री जैनको पक्राउको विरोध गरेको छ ।

दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोडियाले एक ट्वीटमा हिमाञ्चल प्रदेशमा आगामी चुनावलाई प्रभावित गर्ने उद्देश्यले जैनलाई गिरफ्तार गरिएको आरोप लगाएका छन् । जैन आम आदमी वार्टीको हिमाञ्चल प्रदेशका इन्चार्ज हुन् ।

केही साताअघि भएको विधान सभा निर्वाचनमा आम आदमीले दिल्लीको अतिरिक्त गुजरात राज्यमा आश्चर्यजनक सफलता प्राप्त गरेको थियो ।

भ्रष्टचार र अनियमिततालाई जरैदेखि उन्मुलन गर्ने आम आदमी पार्टीले उद्घोष गर्दै आएको छ ।