अफ्रिकी देश चाडको उत्तरी क्षेत्रमा रहेको एउटा सुनखानीका मजदुरहरूबीच भएको झडपमा करिब १०० जनाको मृत्यु भएको छ । झडपमा ४० जनाभन्दा बढी घाइते भएको त्यहाँका रक्षामन्त्री जनरल दाउद याया ब्राहिमले जानकारी दिएका छन् ।
लिबियाको सिमानानजिकको तिबेस्ती पर्वतको कोरी बोगौडीस्थित खानीमा हिंसा भड्किएको थियो । सो क्षेत्र राजधानी एनडीजामेनाबाट करिब १,००० किलोमिटर टाढा पर्छ ।
१० वर्षपहिले त्यहाँ सुनको खोजी गर्ने क्रममा चाड र छिमेकी देशहरूबाट खानी-मजदुर आकर्षित भएका थिए । सुन झिक्ने विषयमा उनीहरूबीच बारम्बार तनाव हुने गरेको छ । पछिल्लो झडप मौरिसियाली र लिबियाली मजदुरबीच भएको रक्षामन्त्री ब्राहिमले बताएका छन् ।
घटनास्थलमा ठूलो संख्यामा सेना परिचालन गरिएको बताइएको छ ।
प्रतिक्रिया