चट्याङ लागेर मृत्यु

चट्याङ लागेर मृत्यु


  • रविन्द्र यादव, नवलपरासी पश्चिम

नवलपरासी पश्चिममा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । बर्दघाट नगरपालिका ११ विजयपुरका अन्दाजी ४५ वर्षीय इन्द्रबहादुर चौधरीको चट्याङबाट मृत्यु भएको हो ।

आज बिहान खेतमा गएको बेला चट्याङ लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख कृष्ण घिमिरेले जानकारी दिए । उनको उपचारको क्रममा चिसापानी अस्पतालमा मृत्यु भएको हो ।