अमेरिकामा स्नातक समारोहमा गोली चल्यो, एक जनाको मृत्यु

अमेरिकामा स्नातक समारोहमा गोली चल्यो, एक जनाको मृत्यु


अमेरिकाको विद्यालयमा फेरि बन्दुक हमला भएको छ । मंगलबार न्यु अर्लिन्सको हाईस्कूलको स्नातक समारोहमा बन्दुकधारीले चलाएको गोली लागेर एक वृद्धाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

मोरिस जेफ हाई स्कूलका स्नातकहरू भेला भएको दिक्षान्त केन्द्रबाहिर गोलाबारी भएको न्यु अर्लियन्स प्रहरीले जनाएको छ । ।

गोली लागेर घाइते भएका तीनै जना व्यक्ति स्नातक समारोहमा भाग लिन त्यहाँ पुगेका प्रहरी प्रवक्ता ग्यारी सिटले बताएका छन् । ज्ञातव्य छ, गत मंगलबार पनि टेक्सासको उभल्देस्थित रोब इलिमेन्ट्री स्कूलमा एक बन्दुकधारीले गोली चलाउदा १९ बालबालिकासहित २१ जनाको मृत्यु भएको थियो ।