आजको पञ्चाङ्ग एवम् राशिफल (१९ जेठ २०७९ बिहीबार, २ जुन २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१९ जेठ २०७९ बिहीबार, २ जुन २०२२)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ ग्रीष्म ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ ज्येष्ठ १९ गते बिहीबार तद्अनुसार सन् २०२२ जुन २ तारिख ज्येष्ठ शुक्लपक्षको तृतीया तिथि आर्द्रा नक्षत्र गण्ड योग तैतिल करण आनन्दादिमा काण योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५४ मा हुनेछ । कौशिकी उत्पत्ति ।

आजको राशिफल

मेष – शुभता बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । बिस्तारै कामका बाधाहरू हट्नेछन् । नसोचेको ठाउबाट धन प्राप्त होला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्, परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । सुख वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्य वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आजको दिन इष्टमित्रको साथ प्राप्त हुने र सन्तान सुख मिल्ने भए पनि काममा अवरोध आउनाले मन खिन्न रहनेछ । विलासितामा धन खर्च हुनेछ । मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ ।

मिथुन – अर्थअभावले काम रोकिने सम्भावना छ । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । तथापि, आज खास सहयोगीहरूले राम्रो साथ दिनेछन् । आरोग्य वृद्धि हुनेछ । प्रियासरत काम बन्नेछ ।

कर्कट – भागदौड वृद्धि हुनेछ । प्रतिस्पर्धाले आम्दानीको बाटो देखाउनेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । तथापिप लाभको आशा देखाउनेहरुले धोका दिन सक्छन् । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – आयस्रोत बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । आफ्नो कामले धेरैलाई प्रभावित बनाउन सकिनेछ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । आजकै दिन बाध्यताले अप्ठ्यारोमा पार्न पनि सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । खेलकुद तथा भ्रमण आदिमा आकर्षण बढ्नेछ ।

कन्या – आजको दिन परिस्थिति अलि संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । सवारीमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । आश्वासन दिनेले झुक्याउन सक्छन् । व्यस्तता बढ्नेछ ।साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।

तुला – समय मिश्रित फलदायक छ । पहिलेका सहयोगीहरूले धोका दिन सक्छन्, सावधान रहनु होला । व्यावसायिक काममा खर्च बढ्नेछ, अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला । मिठो भोजन खान पाउनुहुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – समय राम्रै छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । रोकिएको काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुन सक्छ । आज आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा चाहिँ ध्यान पुर्याउनुहोला । विवादमा नपर्नु हितकर होला । भोग विलासमा आकर्षण बढ्नेछ ।

धनु – दाम्पत्यसुख बढ्नेछ । साझेदारीको काम पनि बन्ला । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ । पढाइलेखाइमा समय दिन नसकिएला सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन, तर पनि वित्तादि लाभ हुने देखिन्छ । भागदौड बृद्धि हुनेछ । दैनिक काममा सफलता मिल्नेछ । अरुको भर नपर्नु नै हितकर रहला ।

मकर – आज गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । आज छरछिमेकमा झैझगडा हुन सक्छ, सावधान रहनु होला । आशा उत्साह बढ्ला । रसराग प्रेममा सफलता मिल्नेछ । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु हितकर रहनेछ ।

कुम्भ – आजको दिन व्यस्त रहेको अनुभूति हुनेछ । काम बिग्रने डरले सताइरहला । परिवारजनमा असमझदारी बढ्नाले काममा बाधा पुग्ने सम्भावना छ । व्यापारब्याबसायमा बढी नै फाइदा हुने समय छ । नयाँ सम्भावना पनि देखापर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । वार्तामा सफलता मिल्नेछ ।

मीन – आरोग्यता र सुखशान्ति बढ्नेछ । सामान्यतया दिन राम्रै रहेको छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । सजिलै काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । सुखको वस्तुको लागि धन खर्च गर्नुहुनेछ ।