उत्तर कोरियामा कोभिड संकट गहिरिएको हुनसक्ने डब्लूएचओको अनुमान

उत्तर कोरियामा कोभिड संकट गहिरिएको हुनसक्ने डब्लूएचओको अनुमान


विश्व स्वास्थ्य संगठन (डब्लूएओ)ले उत्तर कोरियाको कोभिड माहामारीको तथ्यांकबारे आफ्नो पहुँच नभएको तर त्यहाँ संकट गहिरिएको हुन सक्ने अनुमान गरेको छ । १२ मेमा पहिलो कोभिड केस देखिएको घोषणा गरेको उत्तर कोरियाले गत साता कोभिड नियन्त्रणमा आएको दाबी गरेको थियो । त्यहाँको सरकारी सञ्चारमाध्यम केसीएनले संक्रमणका घटनामा कमी आएको जनाएको थियो ।

डब्लूएचओका आपतकालीन निर्देशक माइकल रायनले सो दाबीमाथि प्रश्न गरेका छन्, ‘हामीलाई लाग्छ त्यहाँको अवस्था राम्रोभन्दा पनि झन् बिग्रिएको छ ।’ विश्वबाटै एक्लिएको अधिनाकयवादी देश उत्तर कोरियाले केही सीमित जानकारी उपलब्ध गराएको उनले बताए ।

उत्तरले यसअघि ‘ज्वरो’बाट लाखौँ नागरिक प्रभावित भएको बताएको थियो । उत्तर कोरियामा ३० लाख जनामा कोभिड संक्रमण देखिएको तर उसको आधिकारिक विवरणमा संक्रमणलाई ज्वरो भनिएको पनि डब्लूएचओले जनाएको छ ।