कति छन् ?

कति छन् ?


हे भगवान् ! तिम्रा मान्छेहरू दुःखी कति छन् ?
अझै लिन बाँकी परीक्षा कति छन् ?
अत्याचार देखेर पनि ‘भुत’ बनेका छौ
सोचेर यी कुरा, हैरान कति छन् ?
सयौँ कठिनाइ आउँछन् यहाँ एक पलमा
यी लक्ष्यका बाटोहरू, सजिला कति छन् ?
मान्छेले बनाएका छन् जीवन अँध्यारो,
अनि सोध्छन्- घरमा रोशनदान कति छन् ?
बेपरवाह भएर घुम्छन् आफ्नो शहरमा,
बिनाससँग यहाँ मान्छे सावधान कति छन् ?
चुपचाप हेरिरहन्छन् बस्तीमा लागेको आगो,
यसले पार्ने समस्यासँ, बेखबर कति छन् ?
ओढेर मुखुन्डो निस्कन्छन् जो घरबाट,
थाहा छ त्यो, त्यस्ता सैतान कति छन् ?
सरकार रहँदैन आफ्नो निर्णयमा कायम,
त्यसो त उसका पनि, घोषणा कति छन् ?
राजा पनि हुन सक्दोरहेछ गद्दीबाट बेदखल,
त्यो श्रीपेचको सुरक्षा गर्ने सेवक कति छन् ?
थाहा छ अनि सबै बुझेको छु मैले
यसको फाइदा छ कति, नोक्सान कति छन् ?
सयौँ पटक गन्ती गराउन सक्छु मेरो भगवान्,
तिमीलाई मेरो दुश्मनले, सहयोग कति गरेछन् ?
कैयन पटक दिएको छ लड्ने चुनौती,
तिम्रो घरमा भनिदेउ, पहलमान कति छन् ?
गन्दै-गन्दै बस्नेछौ यदि युद्ध भयो भने,
तरबार छ कति अनि मियान कति छन् ?
एउटा झोका नै आयो भर्खर हावाको,
छ आउन अझै बाँकी, यद्यपि तुफान कति छन् ?
कतिलाई जलाउँछौ अनि कतिलाइ पुर्छौ,
यो शहरमा आखिर तिम्रो मसानघाट कति छन् ?
मानवताको बलमा जो बाँच्दछ ‘रवि’
साँच्चै सोध त, दुनियाँमा मान्छे कति छन् ?