पर्वत वेलफेयर सोसाईटी यूकेको भेटघाट कार्यक्रम

पर्वत वेलफेयर सोसाईटी यूकेको भेटघाट कार्यक्रम


parbat welfare societyलण्डन – ७ सेप्टेम्बर १४को दिन नर्थक्याम्प, ह्याम्पशायर स्थित दिवाली इण्डियन रेस्टुरेन्टमा पर्वत वेलफेयर सोसाईटी यूकेका अध्यक्ष रसबहादुर गुरुङको अध्यक्षतामा समाजको साधरणसभा सम्पन्न भएको छ । महासचिव दधि आचार्यका अनुसार १४ सेप्टेम्बर, २०१४का दिन मिचेट स्थित तमुधिं यूकेको भवनमा हुन गईरहेको वार्षिक साधरण सभा तथा भेटधाट कार्यक्रममा नयाँ कार्यसमिति चयन गर्नका लागि तीन जना समाजका व्यक्तित्वहरु क्रमशः मेजर (रिटायर) खुशीमान गुरुङ, पूर्व अध्यक्ष पुरन गिरी र एकबहादुर पुन लगायतको एउटा निर्वाचन समिति गठन भएको छ । त्यसदिनको सभामा पर्वत जिल्लाबाट बेलायतमा बसोबास गर्दै आएका नेपालीहरुले बेलायतमा स्थापना गरिएका विभिन्न समाजहरुको प्रतिनिधित्व हुनेगरि नयाँ कार्यसमिति चयन गर्ने विषयमा छलफल भएको थियो । समाजले प्रत्येकवर्ष बीबीक्यूको आयोजना गरिने कार्यक्रमल यसपाली समाजसेवी नरजंग गुरुङको संयोजनमा सम्पन्न हुँदैछ । सभाको दौरान कुश्मा नगरपालिकामा गएको पहिरोमा परि मृत्यु हुने परिवारलाई सहयोग गर्ने उद्धेश्यले पूर्व अध्यक्ष पुरन गिरीको संयोजकत्वमा राहत सङ्कलन समिति समेत गठन भएको छ । यस कार्यका लागि कुश्मा समाज यूके तथा पर्वत वेलफेयर सोसाईटी यूकेको संयुक्त आयोजनामा आर्थिक राहत सङ्कलन गरिने जानकारी दिएको थियो । पहिरो दुर्घटनामा हरीलाल चापागाईका तीन जना छोरी सहित उनको श्रीमतिको मृत्यु भएको थियो । यस सभामा एनआरएन यूकेका पूर्वअध्यक्ष तथा समाजका पूर्व उपाध्यक्ष कुल आचार्य, संस्थापक अध्यक्ष हितकाजी गुरुङ, पूर्व अध्यक्ष पुरन गिरी, उपाध्यक्ष द्वय चन्द्रबहादुर गुरुङ र गोबिन्द गुरुङ, शालीजा समाज यूकेका अध्यक्ष एकबहादुर पुन, दुर्लुङ समाज यूकेका अध्यक्ष जुवारीलाल गुरुङ, एभरेष्ट टाईम्स साप्ताहिकका प्रधान सम्पादक हरीकाजी गुरुङ, सदस्य शक्तिमान गुरुङ, सल्लाहकारहरु मेजर खुशीमान गुरुङ, नरजंग गुरुङ, शिवशरण गुरुङ, हरी गुरुङ, धन क्षेत्री, शरद क्षेत्री, रामसिंह घले, बलबहादुर भण्डारी, ओमप्रसाद गुरुङ, टेकबहादुर गुरुङ, नारायण कोन्मे गुरुङ आदि सहभागी भएका थिए । महासचिव दधि आचार्यले सञ्चालन गरेको यस कार्यक्रमलाई संस्थाका उपाध्यक्ष अ.लेफ्टेनेन्ट रिटायर चन्द्रबहादुर गुरुङले स्वागत मन्तव्य प्रकट गरेका थिए । यस सभामा समाजका कोषाध्यक्ष दिपक जोशी विशेष कारणले गर्दा सहभागी हुननसकेकाले आर्थिक विवरण महासचिवले प्रस्तुत गरेका थिए । साधरण सभाका लागि २०० पाउण्ड रबि लामिछानेले सहयोग गर्ने प्रत्तिबद्धता जाहेर गरेका थिए । यस सभामा सहभागी हुन नसकेका कोषाध्यक्ष दिपक जोशी, नेत्र आले तथा धन थापाले अग्रिम असमर्थताको जानकारी समेत अगाह गरेका थिए ।