श्रीमतीद्वारा श्रीमानको हत्या

श्रीमतीद्वारा श्रीमानको हत्या


दाङको घोराहीमा एक महिलालाई प्रहरीले हत्या अभियोगमा पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका-१४ स्थित कोठा भाडामा बस्दैआएकी भारत बलरामपुरकी ३७ वर्षीया गायत्री नेपालीले अचार पिस्ने लोहोरो प्रहार गरी ३३ वर्षीय श्रीमान् पंकज गुप्ताको हत्या गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सोमबार बिहान उनले लोहोरो प्रहार गर्दा गुप्ताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमानले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा घटना घटेको गायत्रीले प्रहरीसमक्ष बयान दिएकी छन् ।