आजको पञ्चाङ्ग एवम् राशिफल (२५ जेठ २०७९ बुधबार, ८ जुन २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२५ जेठ २०७९ बुधबार, ८ जुन २०२२)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ ग्रीष्म ऋतु वि.सं. २०७९ ज्येष्ठ २५ गते बुधबार तद्अनुसार सन् २०२२ जुन ८ तारिख ज्येष्ठ शुक्लपक्ष नवमी तिथि उत्तराफाल्गुणी नक्षत्र सिद्ध योग बालव करण आनन्दादिमा प्रवर्द्ध योग चन्द्रमा ६ः३ बजेसम्म सिंह राशिमा त्यसपछि कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० बजे भयो र सूर्यास्त साँझ १८ः५७ बजेमा हुनेछ ।

आजको राशिफल

मेष – समय शुभ फलदायक छ । ब्यस्तता बढ्नेछ । धनको आगमन भैरहनेछ । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । दोधारको अवस्था सिर्जना हुन सक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । मान पुरस्कार प्राप्त होला ।

वृष – प्रेमभाव वृद्धि हुने दिन छ । सन्तानको सुख प्राप्त हुनेछ । आरोग्यता पनि बढ्ला । यात्रामा सफलता मिल्नेछ । तर अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । नयाँ आयस्रोत बढ्नुसँगै उधारो लगानी लगाइएको धन उठ्नेछ ।

मिथुन – व्यस्तता बढ्नेछ । कार्यसफलता प्राप्त हुनेछ । रसरागमा रुचि बढ्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । लाभ पनि प्राप्त होला ।बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ । सुख सुविधाको बस्तु बढ्नेछ ।

कर्कट – नयाँ सम्भावना देखापर्नेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको आनन्द पाइएला । इष्टमित्रको साथ प्राप्त हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् ।

सिंह – धन सम्पन्नता बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । शारीरिक र आर्थिक कार्यमा सफलता मिल्नेछ । ऋण रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ । दाम्पत्य सम्बन्धमा भने केही असमझदारी बढ्न सक्छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ ।

कन्या – जीवनसाथीको सहयोग मिल्नेछ । साझेदारीको कार्य बन्नेछ । जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ । आरोग्यता अभिबृद्धि हुनेछ । तर सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ ।

तुला – गौरव वृद्धि हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन् । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । विभिन्न उपहार प्राप्त हुने समय छ । सुन्दर पहिरनले व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । मनोकूलको काम बनेर मन प्रसन्न रहनेछ ।

वृश्चिक – आरोग्य वृद्धि हुनेछ । उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । मेहनतले सम्मानित स्थान दिलाउनेछ । नचिताएको ठाउबाट धन आर्जन हुनाले मन हर्षित होला । मिठो भोजन प्राप्त हुनेछ । प्रेमपथमा प्रगति होला । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । शैक्षिक र रचनात्मक कार्यमा सफल रहनेछ । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।

धनु – भागदौड र व्यस्तता बढ्नेछ । आजको दिन आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। कामले धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ आफ्नै बलविवेकले कार्य गर्नु बेस रहला ।

मकर – ऋण रोग र शत्रुलाई जीत्ने सामर्थ्य बढ्नेछ । रसरागमा रुचि बढ्ला । नयाँ सम्भावना देखा पर्नेछ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । विभिन्न उपहार प्राप्त हुने समय छ । बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ । इष्टमित्रको सहयोग मिल्नेछ ।

कुम्भ – धनसम्पत्ति बढ्नुको साथै आरोग्यता पनि बढ्नेछ । हाँसखेलको माहोल पैदा हुने मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन(अध्यापनको क्षेत्रमा प्रगति होला । आज सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । आर्थिक पक्ष बलियो बन्ने छ ।

मीन – दौडधुपमा समय बित्नेछ । समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । ख्याती फैलिनेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ ।