सांसद शाहद्वारा शिवराज नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

सांसद शाहद्वारा शिवराज नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण


  • कपिलवस्तु प्रतिनिधि

सङ्घीय सांसद अभिषेक प्रताप शाहले कपिलवस्तुको शिवराज नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेका छन् । कपिलवस्तु क्षेत्र न ३ का सांसद शाहले नागरिकहरूको सहजताको लागि नगरप्रमुख अजय थापालाई एम्बुलेन्स प्रदान गरेका हुन् ।

उक्त एम्बुलेन्स भारतीय दूतावासले शाहका बुबा अजय प्रताप शाह र आमा सरोजनी शाह मेमो रियल ट्रस्टको लागि दिएको थियो । शाहले मङ्गलबार शिवराज नगरपालिकाको कार्यालयमा पुगी नगरवासीहरूलाई उपचारको लागि सहजता ल्याउन प्रदान गरेको बताए ।

शिवराज क्षेत्रमा एम्बुलेन्सको खाँचो देखिएकोले नगरप्रमुखको आग्रहमा सहयोग गरेको शाहले बताए ।

कतिपय ठाउँमा अझै पनि समयमा उपचार नपाएर मृत्यु भएको सूचनाहरू आइरहने भएकोले एम्बुलेन्सले छिटोछरितो उपचारमा सहयोग गर्ने बताए । ‘अन्य ठाउँको तुलनामा शिवराजमा आवश्यकता थियो’ कहीँ हदमा भएपनिआवश्यकता पुरा भएको छ’ शाहले भने, ‘सुविधासम्पन्न छ यसलाई सही तवरबाट नगरपालिकाले सञ्चालन गर्ने छ ।’

आफ्नो बुबाआमाको नामको एम्बुलेन्स नगरलाई सहयोग गरेको मेयर अजय थापाले धन्यवाद दिएका छन् । नगरवासीहरूको आवश्यकता मध्यनजर गरी सांसद शाहसँग आफूले एम्बुलेन्स सहयोगको लागि आग्रह गरेअनुसार सहयोग पाएको बताउनुभयो । नगर बासीहरूको लागि एम्बुलेन्स सञ्चालन गर्ने भएकोले आवश्यक परेको खण्डमा सम्पर्क गर्न आग्रह गरे । जनताको जीवनरक्षामा नगरपालिका गम्भीर रहेको बताउँदै विभिन्न समयमा आउने महामारीको पूर्वतयारी गर्न आवश्यक रहेको जिकिर गरे ।