✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ ज्येष्ठ ९ गते तद्अनुसार सन् २०२४ मे २२ तारिख बुधबार वैशाख शुक्ल पक्षको चतुर्दशी तिथि स्वाती नक्षत्र ७ः४१ पर विशाखा नक्षत्र वरियान योग गर करण आनन्दादिमा धूम्र योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१३ मा भयो र सूर्यास्त साँझ १८ः४९ मा हुनेछ । आलमदेवी पूजा ।
आजको राशिफल
मेष – मान र विद्या प्राप्त हुने समय छ । नयाँ काममा हात हाल्न सकिनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त होला । सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन् । रोकिएको काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुन सक्छ । कतै अतिथिका रूपमा सम्मान प्राप्त होला । यात्रागत कार्यमा सफलता मिल्नेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।
वृष – आज केही खर्च बढेपनि चिताएको काम बन्ने समय छ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । अरुले झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिनेछ । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्ने योग छ । सहयोगीहरूको मात्र भर पर्दा सबै काम नबन्न सक्छन्, सचेत रहनुहोला । आफन्तसुख बढ्नेछ । परिवारिक सहयोगले उत्साह बढ्ला ।
मिथुन – आजको दिन स्वास्थ्यसम्बन्धी सामान्य समस्या अनुभूति हुन सक्छ, तर अस्वस्थताका बाबजुद कामको बोझ बढ्न सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । आज कुनै अवसर प्राप्त भए पनि छिर्के हान्ने पात्रको कारण पछि पर्ने सम्भावना छ । गोपनीयतामा विशेष ध्यान दिनुहोला । प्रेमभाव वृद्धि हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ ।
कर्कट – व्यस्तता बढ्नेछ तर व्यापार-ब्यवसायमा राम्रै फाइदा हुने समय छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, ख्याल राख्नुहोला । आफ्नै कमजोरीले ढिलासुस्ती हुने देखिन्छ र पनि विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ । परिवारजनमा असमझदारी बढ्नाले काममा बाधा पुग्ने सम्भावना छ, सोचसमझ राखेर व्यवहार गर्नुहोला । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह – सामान्यतया दिन राम्रै रहला । पराक्रम वृद्धि हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउला । नयाँ काममा हात हाल्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रगति हुने दिन छ । चाहेमा आफन्तहरूको सञ्जालबाट फाइदा लिन सकिनेछ । रसरागको भाव वृद्धि होला ।
कन्या – परिवारिक भेटघाटले मनमा आनन्द मिल्ने समय छ । मित्रजनले काममा सहयोग जुटाउन सक्छन् । बिस्तारै कामका बाधाहरू हट्नेछन् । रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गरे सफल हुने योग छ । नसोचेको ठाउबाट धन प्राप्त हुन सक्छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ ।
तुला – आजको दिन सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहन सक्छ । विशेष अवसर प्राप्त भए पनि इर्ष्या गर्नेहरूले दुःख दिनेछन् । आफ्नाबाटै धोका पाइने सम्भावना छ । नसोचेको ठाउँमा अनायसै खर्च हुने योग छ । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहला । विलासितामा धन खर्च र मुख्य काममा बाधा हुने देखिन्छ, सावधान रहनुहोला ।
वृश्चिक – दिन मिश्रित फलदायी रहला । मानसम्मान प्राप्ति र मिष्ठान्न भोजनमा रमाउने समय छ । नजिकका साथीभाइ आज टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिने योग छ । अर्थअभावले काम रोकिने सम्भावना छ, सचेत रही व्यवहार गर्नुहोला । समस्याप्रति गम्भीर नबन्दा महत्वपूर्ण अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । खर्च वृद्धि होला । योजना र बजेट बनाएरमात्र कदम चाल्नु उचित हुनेछ ।
धनु – आजको दिन विगतका कमजोरी सच्याउने अवसर जुर्न सक्छ । विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर हासिल होला । धनलाभको योग पनि छ । तर, काम र पदको आशा देखाउनेहरूले फसाउन सक्छन्, ध्यन राख्नुहोला । दिगो आम्दानी हुने काम सुरु हुन सक्छ । प्रतिस्पर्धाले आम्दानीको बाटो देखाउनेछ । साझेदारीमा राम्रो फाइदा हुनेछ । आय वृद्धि हुनेछ । रसरागात्मक काममा आकर्षण रहला ।
मकर – कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिने समय भएपनि सहयोगको आशा देखाउनेहरूबाट धोका पाइने सम्भावना छ । आर्थिक अभावले सताउन सक्छ । तर भाग्य बलवान हुनाले आज नियमकानूनले साथ दिनेछ । आफ्नो दायित्व पूरा गर्न सकिनेछ ।
कुम्भ – आज केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । समयमै सोचेको काम नबन्नाले दुःख पाइएला । नियमित कामकै चिन्ताले सताउन सक्छ । आज सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ, सावधान रहनुहोला । स्वास्थ्यप्रति सचेत रहनु हितकर हुनेछ ।
मीन – आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । दिगो फाइदा हुने काम आरम्भ गर्ने अवसर जुट्ला । विभिन्न सहयोग र उपहार प्राप्त होला । मेहनतले अवसर दिलाउनेछ । सत्कार्यमा जुट्नाले फाइदै होला । पहिलेका सहयोगीहरूले धोका दिन सक्ने योग परेकेले विशेष सावधान रहनुहोला । व्यावसायिक काममा खर्च बढ्न सक्छ । मिठो भोजन प्राप्त हुनेछ ।
प्रतिक्रिया