चोरलाई चौतारो साधुलाई सुली-शोभा त्रिपाठी

चोरलाई चौतारो साधुलाई सुली-शोभा त्रिपाठी


वर्तमान नेपालको राजनीतिमा सहमति भन्ने कुराको महत्त्व कति रहेछ, १४ गते रातिबाट त बुझे होलान् आफूलाई नेपाल देशका तारणहार सम्झने नेताहरूले । आखिर चाहिने त सहमति नै त रहेछ, भनेपछि केका लागि देश र जनतालाई नै त्राही-त्राही तुल्याएर अन्तिम प्रहरसम्म तड्पाउनुपथ्र्यो – जुधाजुध र बाझबाझको यत्रो नौटङ्की किन मञ्चन गर्नु आवश्यक थियो – राजनीतिको सही मर्म नबुझेकाहरू राजनीतिमा हाबी हुनुको परिणति नेपाली जनता यसरी भोगिरहेछौँ । राजनीतिको वास्तविक प्रयोग यदि गरिन्थ्यो र जनता र देशलाई नै केन्द्रमा राखेर काम गर्ने प्रयत्न हुन्थ्यो भने यस्तो कहालीलाग्दो तथा इतिहासकै दुर्दान्त कालखण्डबाट नेपालले गुज्रनुपर्ने परिस्थिति किमार्थ निम्तिने थिएन ।
आखिर चिप्लिसकेको संविधानसभा जसोतसो जोगियो । तर, यो जोगिनुभित्र सहमति र मेलमिलापका कति कसरत भए र यो अमूल्य कसरतभित्र कस-कसले कसरी कति जोतिएर पसिना बगाएका छन् भन्ने के आज सत्तामा राइँदाइँ गर्नेहरूले हेक्का राखेका छन् – काम गर्ने कालु मकै खाने भालु भनेझैँ भएको छ यहाँ । कोइलीको बच्चा कागले कोरल्दिएझैँ गरिदिँदा पनि जस नपाउने एकाथरी इमानदारहरू पाखा पारिएका छन् भने सत्ता र शक्तिबिना सास फेर्नै नसक्ने नेता भनाउँदाहरूको चुरीफुरी अर्कातिर बढेकोबढ्यै छ । देश बचाउन मरिमेट्नेहरू डटेकाडट्यै छन्, तिनको खोजीनिती र मूल्याङ्कन गर्ने चासो र चिन्ता यी शासनका भोकाहरूलाई रत्तिभर छैन, तर मुलुकलाई नै बन्धकी राखेर पद र पैसा हासिल गर्न खोज्ने यिनैका बोलवाला झन्-झन् बढिरहेकै छ । जनतालाई खुसी तुल्याएर, कामले रिझाएर शासन गर्नुपर्नेमा हतियारको बलमा शासन-शक्तिमा उक्लन खोज्नेहरूदेखि लिएर माग्ने, ढाँट्ने, चोर्ने, लुट्ने, चोरीको मोटरमा सवार भई जनता तर्सर्ााे र त्यतिले पनि काम नचले मार्न पनि पछि नहट्नेहरूको बिगबिगी बढेको मुलुकमा सर्वसाधारण नागरिकले शान्ति र सुरक्षाको सास फर्ेन त कहिले पाउने हुन्, मृगतृष्णा नै भइसकेको छ ।
संविधानसभाको दुर्इ वर्ष जनतालाई होहल्लामै जिल्ल्याएर गुजारेका छट्टुहरूले एक वर्ष जागिर त लम्ब्याएका छन्, तर जनता अझै विश्वस्त बन्न सकेका छैनन् यिनले थपिएको अवधिमा संविधान बनाएर जारी गर्लान् भन्नेमा । लुटाहाहरूको बानी आखिर कसै गरे पनि जाँदो रहेनछ । माओवादी एकातिर निमठ्ठएिकोनिमठ्ठएिकै छ, एमाले पालो पुर्‍याउँदै छ, अब काङ्ग्रेस पाले खोज्दै छ । पालो खोज्दाखोज्दै फेरि अर्को एक वर्ष चिप्लिन्छ । अब यस्ताहरूले संविधान बनाउलान् – बनाए पनि कस्तो बनाउलान् त – गहिरिएर विचार गर्दा कथित ठूला दलहरूलाई संविधान चाहिएकै छैन, केवल सत्ता नै उनीहरूका लागि सर्वोपरि विषय हो । जसलाई चाहिएको छैन जिम्मेवारी उसैको पोल्टामा पारिएको छ र जसलाई नयाँ संविधान चाहिएको छ, बनाउँछु भनेर लागिपरेका पनि छन्- उनीहरूलाई ठाउँ दिइएकै छैन । पर्दापछाडिबाट मरिमेटेर काम गर्ने यस्ताहरूको सङ्ख्या संविधानसभामा कम भएकाले अघिपर्नै पाउन्नन् । जनता पनि हौवाकै पछि कुद्छन्, राम्रो-नराम्रो, सही या गलत छुट्याएर समर्थन या विरोध गर्ने प्रचलन नै छैन । विडम्बना यस्तो छ ।
वर्तमान राजनीतिमा विश्वास गर्नलायकका राजनीतिक समूह नै भएनन् भनिदिँदा फरक नपर्ला । कुनैबेला तत्कालीन राजा महेन्द्र प्रायः बीपी कोइरालाकहाँ फेला पर्थे अरे । यसको अर्थ के हो भन्ने बुझ्नेहरूलाई बताइरहनै पर्दैन । हुँदा-हुँदा काङ्ग्रेसले आफूलाई ‘राजा’ नै सम्झन थाल्यो । जनताबाट तिरस्कृत हुँदै गएको यसै होइन । आज एमालेको हालत पनि त्यस्तै छ, काङ्ग्रेसकै रूपमा रूपान्तरण भइरहेको आरोप उसमाथि पनि छ । अनेक नामका कम्यूनिस्ट पार्टीहरू नेपालमा अनेकौँ जन्मिए । तर, गहिरिएर हर्ेदा यही देखिन्छ कि प्रत्येक कम्यूनिस्ट नेता अन्ततः दरबारकै वफादार बनेर पतन भए । यो या ऊ भन्नै पर्दैन, कम्यूनिस्टको जन्म नै नेपालका सर्न्दर्भमा दरबारबाटै गराइएको हो र ०१७ सालपछि त यसक्रमले झनै व्यापकता पायो भन्ने मान्यतामा अडिनेहरू अहिले पनि यथेष्ट छन् । दरबारका उपजहरू आज राजा नरहेको अवस्थामा आफैं राजा बनेका छन्,
बन्न तम्सिएका छन् । राणाशासनलाई उहिल्यै बिदा गरेका थिए नेपालीले तर आज गणतन्त्रमा तीन राजाका ‘श्री ३ सरकार’ फेरि उदय हुँदै छ । यसो भएपछि कसरी जनताको दिन फिर्ला – कहिले नेपाल उँभो लाग्ला – चोरलाई चौतारो साधुलाई सुली हुने ठाउँमा इमानदारहरूको कदर कहिले होला – आशा गर्ने ठाउँ दिनप्रतिदिन हराउँदै छ ।