प्रि-ओपनिङमा नेप्से २ अंकले बढ्यो

प्रि-ओपनिङमा नेप्से २ अंकले बढ्यो


बिहीबारको प्रि-ओपनिङमा नेप्से २ अंकले बढेको छ । नेप्से २ अंकले बढेसँगै सूचक २ हजार ८२ दशमलव ४४ बिन्दुमा पुगेको छ । यस अवधिमा ७ कम्पनी ३४६ कित्ता सेयर १५ वटा कारोबारमार्फत एक लाख ६९ हजार ८८ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

नेपाल धितोपत्र बोर्डको ३०औं वार्षिकोत्सवको अवसरमा अर्थमन्त्री जनार्दन शर्माले सेयर धितोकर्जामा लागु रहेको ४–१२ को नीति परिमार्जन गर्ने बताएपछि बुधबार बजार सूचक ६०।२२ अंकले बढेको थियो ।