पृथ्वी राजमार्गमा सडक भाँसिदा यातायात अवरुद्ध

पृथ्वी राजमार्गमा सडक भाँसिदा यातायात अवरुद्ध


पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ ।

गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो ।

तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव देखिएको छैन ।

तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधान फर्काइएको छ । करिब २० मिटर सडक भाँसिएको प्रहरीले जनाएको छ ।