नेप्लिज कोअपरेटिभ इन्भेष्टमेण्ट लिमिटेडको बैठक सम्पन्न

नेप्लिज कोअपरेटिभ इन्भेष्टमेण्ट लिमिटेडको बैठक सम्पन्न


photo 3लण्डन । नेप्लिज कोअपरेटिभ इन्भेष्टमेण्ट लिमिटेड (एनसीआई) यूकेको बैठकले आगामी डिसेम्बर २०१४ मा साधारण सभा गर्ने निर्णय गरेको छ । आइतबार प्लमस्टेडस्थित डांफे रेष्टुरेण्टमा सम्पन्न बैठकले साधारण सभा गर्ने निर्णय गरेको संयोजक मोहन गुरुङले जानकारी दिए ।
बैठकमा सहभागिहरुले लगानीका लागि विभिन्न प्रस्तावहरु पेश गरेका थिए । जसमध्य प्रोजेक्ट प्लान, हाउजीङमा लगानी, तथा अन्य विषयवस्तुहरुबारे छलफल भएको थियो । अहिलेसम्मको योजना अनुरुप हाउजिङमा लगानी गर्न सहभागीहरु सहमत भएका छन् । त्यस्तै सहभागीहरुले लगानीलाई सशक्त बनाउन आफूमध्यबाटै थप लगानी गरेका थिए । सोहीअनुरुप बैठकमा सहभागीमध्येबाट एकलाख बीस हजार पाउण्ड संकलन भएको जानकारी दिइएको थियो ।
सो अवसरमा संयोजक मोहन गुरुङ, एल एन पाण्डे, अर्कराज तिम्सिना, विष्णु त्रिपाठी, सहदेव गिरी, दिपक भट्टराई, आरके श्रेष्ठ, सुरज मास्के, कुमार श्रेष्ठ, श्रीचन्द्र गुरुङ, शर्मिला थकाली, श्याम सेरचन, दुर्गा पाण्डे, मोती भण्डारी, बनु गुरुङ, सुशील प्रजापतिलगायत सहभागी थिए ।
एनआईसीको अर्को बैठक फार्नबरोस्थित गोर्खा प्यालेस रेष्टुरेण्टमा गर्ने निर्णय गरेको छ ।