ग्रिनबिचमा आजीवन अध्यक्ष बढ्दो

ग्रिनबिचमा आजीवन अध्यक्ष बढ्दो


wp7a8eafbb_06लण्डन । बेलायतवासी नेपालीहरुको पहिलो हिन्दू मन्दिर पशुपतिनाथ मन्दिर प्लमस्टेडमा ट्रष्टिजहरुबीच असन्तुष्टि शुरु भएको छ । लामो समयदेखि मन्दिरमा खासै परिवर्तन नआएको बताउंदै उनीहरुले नेतृत्वप्रति असन्तुष्टि जाहेर गरेका हुन् । इमेलमार्फत प्राप्त पत्रमा पशुपतिनाथ मन्दिरलाई सबैको साझा र शसक्त बनाउन कार्यकारी ट्रष्टीको नवीकरण तथा नयँं ट्रष्टी बनाउने, चन्दादाताहरुलाई साधारण सदस्यको रुपमा लिई उनीहरुमध्यबाटै साधारण सभा गर्ने र ट्रष्टी बनाउन सुझाव दिएका हुन् । त्यस्तै यसरी बनाइएका ट्रष्टिज मध्यबाट कार्यसमिति चयन गरी उनीहरुबाटै दैनिक कार्यसञ्चालन गर्न सुझाएका छन् । त्यस्तै थप नयां सदस्यहरु बनाउनका लागि निश्चित सदस्यता दस्तुर तोक्न आग्रह गरिएको छ ।
मन्दिर स्थापना भए देखि नै आर्थिक रुपमा पारदर्शी नभएको जिकिर गर्दै पत्रमा आजसम्म भए गरेका आर्थिक कारोबारको अभिलेख प्रस्तुत गर्न पनि आग्रह गरिएको छ ।
ग्रिनविच क्षेत्रमा खुलेका केही संस्थाहरुमा आजीवन अध्यक्ष रहेको जनाउंदै मन्दिरका एकजना ट्रष्टीले पशुपतिनाथ मन्दिरमा पनि त्यही अवस्था आउनसक्ने औल्याए । सन् २००७ मा स्थापना भएदेखि आजसम्म मन्दिरको साधारण सभा हुनसकेको छैन । स्थापनाकालमा अध्यक्ष रहेका होम शर्मा अहिले पनि मन्दिरका अध्यक्ष छन् ।