आजको पञ्चाङ्ग एवम् राशिफल (३१ जेठ २०७९ मंगलबार, १४ जुन २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (३१ जेठ २०७९ मंगलबार, १४ जुन २०२२)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर ग्रीष्म ऋतु वि.सं. २०७९ ज्येष्ठ ३१ गते तद्अनुसार सन् २०२२ जुन १४ तारिख मंगलबार ज्येष्ठ शुक्लपक्षको पूर्णिमा तिथि ज्येष्ठा नक्षत्र साध्य योग भद्रा करण ४ः२१ पर बालव करण आनन्दादिमा मुद्गर योग चन्द्रमा वृश्चिक राशिमा १९ः२७ बजेसम्म त्यसपछि धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५९ बजेमा हुनेछ । पूर्णिमा व्रत, गैडुपूजा, ज्यापून्हि ।

आजको राशिफल

मेष – आज दौडधुप र जोखिम बढ्नेछ । विभिन्न अवसर पाइनेछ तर नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । कठोर प्रयत्नले शत्रुमाथि विजय प्राप्त हुनेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ । धन बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ ।

वृष – आज दाम्पत्यसुख वृद्धि हुनेछ । तपाईंका कामले धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । मनोकूलको काममा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्ला । शारीरिक र आर्थिक कार्यमा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । विशेष योजनाहरू बन्नेछन् । नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । आत्मीयजनसँग भेटघाट होला । सरसफाइ, वागबगैंचा सम्बन्धी काममा आकर्षित होइएला । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । समयबाट बढी भन्दा बढी फाइदा लिनु बेस हुनेछ ।

कर्कट – व्यस्तता बढ्नेछ । रसरागमा आकर्षित रहनुहुनेछ । नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । गरी आएको कामलाई भने निरन्तरता दिनु होला । पिडा दिनेहरु सक्रिय रहन सक्छन्, सवधान रहनुहोला । खेलकुद भ्रमणमा रुचि बढ्नेछ । पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति पनि हुनेछ ।

सिंह – दिन राम्रो छ । पराक्रम वृद्धि हुनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिभा देखाएर अवसर हात पार्न सकिनेछ । मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । शुभ काममा सफलता प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ । पारिवारिक सुखशान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या – आरोग्यता बढ्नेछ । आँट उत्साह बढ्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ। प्राकृतिक पर्यावरणमा रमाउने दिन छ । धन मान महत्वमा कमी आउने छैन । समस्याको समाधान मिल्नेछ । कार्यगति बढ्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – शुभ र धनबर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । आयमा वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । मेहनत गर्दा सफलता प्राप्त होला । दाम्पत्य जीवन सुखद रहला । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । कार्यव्यपारमा सफलता प्राप्त होला । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – अस्वाभाविक प्रलोभनमा पर्नुबाट जोगिनुहोला । दौडधुप बढ्नेछ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । साथै सामान्य रोगले सताउला । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । साहसिक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ । भ्रमणमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ कार्य बेस होला । ऋण, रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – सुख सफलता बढ्नेछ । अन्नधनमा बृद्धि हुनुको साथै आयस्रोतमा पनि बढोत्तरी होला । रोकिएको काम बन्नुसंगै उधारो लगाइएको धन पनि उठ्ला । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय हुनाले यसप्रति सचेत हरनुहोला । आज उत्साहजनक समाचारले हर्ष बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ । सन्तानसुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।

मकर – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । भएको दायित्व पूरा गर्नु हुनेछ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित नहोला । योजना र बजेटमा बल बढ्नेछ ।

कुम्भ – कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । व्यवसायमा लाभ होला । कार्यमा पनि प्रशस्तै फाइदा हुनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । नयाँ आयस्रोतवर्द्धक काममा सफलता पाउनुसँगै इष्टमित्र र सन्तानको सुख मिल्नेछ । रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

मीन – आफन्तको साथ मिले पनि निश्चय भएको काम अचानक बिग्रन सक्छ । साथीभाइबाट धोका होला । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन् । गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । सुखविलास बढ्नेछ । समस्याको समाधान मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला । जोखिममा नपर्नु नै बेस होला ।