लण्डन । बेलायतबाट विश्वका ६५ भन्दा बढी देशहरुमा प्रशारण भइरहेको नेपाली टेलिभिजन युकेले स्थापनाको नवौं बर्ष गांठकोे अवसरमा वेवसाइटबाट पनि आफ्नो सेवा विस्तार गरेको छ । विश्वमा छरिएर रहेका करोडौं दर्शकहरुसम्म पुग्न नेपाली टेलिभिजनको वेवसाइटबाट प्रतक्ष्य (Live) हेर्न सकिन्छ । यो सुविधासंगै विश्वभर रहेका नेपाली टेलिभिजनका दर्शकहरुले नेपाली टेलिभिजनको वेवसाइट www.nepalitv.com मार्फत नेपाली टेलिभिजन प्रतक्ष्य (Live) हेर्न सक्नेछन् ।
वेवसाइटका अलावा बेलायत, युरोप, अष्ट्रेलिया तथा खाडी मुलुकमा पनि टेलिभिजन बक्सको सहायताले नेपाली टेलिभिजन सिंतैमा हेर्न सकिने नेपाली टेलिभिजन व्यवस्थापनले जनाएको छ ।
प्रतिक्रिया