बिदेशी कलाकारहरुमाझ गुञ्जियो 'सितु साँझ'

बिदेशी कलाकारहरुमाझ गुञ्जियो 'सितु साँझ'


IMG_0407लन्डन । यही सेप्टेम्बर ७ र ८ तारेखका दिन गायिका सितु खरेलले आफ्नो एकल सांगीतिक कार्यक्रम ‘सितु साँझ २०१४’ को आयोजना गरेकी थिइन् । नेपालमा रहेका अपाङ्ग बालबालिकाहरुको सहयोगार्थ गरिएको उक्त कार्यक्रमको मुख्य बिशेषता रहेको थियो, बिदेशी कलाकारहरुको साथमा उनको प्रस्तुति । दशैंको मौका पारी थुप्रै कलाकारहरुको जमघट भइरहेको यस परिस्थितिमा कार्यक्रम निकै सफल रहेको मान्न सकिन्छ । सितुका श्रीमान तथा कार्यक्रम संचालक सुमन खरेलले कार्यक्रम सोंचेभन्दा बढी सफल रहेको र कार्यक्रमलाई सफल पार्नको लागि सबै क्षेत्रबाट पर्याप्त सहयोग आफ़ूले पाएको जनाएका थिए ।
सितु खरेलको कर्णप्रिय आवाज मात्र हैन, सुमन खरेलको प्रस्तुतिले पनि सबैजाना दर्शकहरु मन्त्रमुग्ध भएको पाइन्थ्यो । कार्यक्रम प्रस्तुतिको दौरानमा सुमन खरेलले थुप्रै थुप्रै पुराना नेपाली कलाकारहरुको समेत स्मरण गराउन पछि परेनन् । करीब डेढ दशकअघि सुमन खरेलद्वारा सृजित ‘शब्दबिना रचिएकी, संगीतबिना IMG_0341सजिएकी, सँधै रमाई बस, यो मनमा तिमी मेरी स्मारिका’ भन्ने बोलको गीतले सबैको मन छोएको थियो, स्मरण रहोस उक्त गीत सुस्त मनस्थितिकी आफ्नै जेठी छोरी स्मारिकाप्रति समर्पण गरिएको हो, तैपनि उनीहरुले उक्त समस्यालाई आफ्नो मात्र समस्या नठानी सबैको साझा समस्या भन्ने मनशायले सितु साँझको आयोजना गरी नेपालमा अपाङ्ग बालबालिकाहरुको लागि काम गरिरहेका संस्थाहरु, डिसेबल्ड सर्भिस एशोसियसन ललितपुर, सुस्त मनस्थिति पुनर्स्थापना केन्द्र काभ्रेपलान्चोक र सुस्त मनस्थिति केन्द्र टांडीको लागि सहयोग गर्ने उनीहरुको योजना रहेको बताइएको छ ।
IMG_0339
IMG_0388
IMG_0368