आजको पञ्चाङ्ग एवम् राशिफल (२ असार २०७९ बिहीबार, १६ जुन २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२ असार २०७९ बिहीबार, १६ जुन २०२२)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ ग्रीष्म ऋतु वि.सं. २०७९ आषाढ २ गते बिहीबार तद्अनुसार सन् २०२२ जुन १६ तारिख आषाढ कृष्ण पक्षको द्वितीया तिथि पूर्वाषाढ़ा नक्षत्र ब्रम्हा योग वणि करण आनन्दादिमा धाता योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ५ः१० बजे भयो र सूर्यास्त साँझ १८ः५९ बजे हुनेछ ।

आजको राशिफल

मेष – समय मिश्रित फलदायक होला । हितैषीजनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन् । अलि द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ भने काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । यात्रामा सफलता प्राप्त हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । जोखिमपूर्ण काममा नलाग्नु बेस हुनेछ ।

वृष – व्यस्तता वृद्धि हुनेछ । गरेका कामबाट प्रशस्त लाभ हुनेछ।भूमि तथा मातृधनबाट लाभ मिल्नेछ। विगतका कमजोरीलाई सुधार गर्न मौका छ । प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत होलान् । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । आरोग्यता बढ्ला । मिठो भोजन प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । रोकिएको काम बन्नुसँगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ ।

मिथुन – आरोग्य बढ्नेछ । सफलता प्राप्त हुनेछ । रसरागमा रुचि बढ्नेछ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। धैर्यले काम लिने समय छ । पशुपालन तथा कृषि क्षेत्रबाट भने सामान्य लाभ मिल्ने योग छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ ।

कर्कट – स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला, तर जिम्मेवारी भने बढिरहनेछन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । लेनदेनमा विवाद आउने योग छ, तथापि आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । नयाँ सम्भावना देखापर्नेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।

सिंह – प्रेमपात्रसित भेटघाट हुनेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । प्रयास गर्दा रोकिएका बन्नेछन् । नयाँ काम पाइने योग छ । केही मात्रामा खर्च बढ्नेछ । अरुको भर पर्दा धोका पाइने योग छ । शारीरिक र आर्थिक कार्यमा सफलता मिल्नेछ । ऋण रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – भागदौड बढ्नेछ । रोकिएको काम बन्नुसंगै नयाँ काम पनि बन्नेछ । आयस्रोत बढ्ला । पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ । परिवारजनको भरणपोषणमा खर्च बढ्नेछ । उत्साहमा कमी आउला । मातापिता र आफन्तको सहयोगले काम बन्नेछन् र विशेष लाभ उठाउन सकिनेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । साझेदारीको कार्य बन्नेछ । आरोग्यता अभिबृद्धि हुनेछ ।

तुला – पराक्रम बढ्ने योग छ तर अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ ।उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । आफन्तको सहयोग र समर्थन मिल्नेछ ।

वृश्चिक – आयस्रोत बढ्नेछ । प्रेमपथमा प्रगति होला । काममा सफलता पाउनुहुनेछ । स्वास्थ्यमा कमजोरी र परिश्रम धेरै गर्नुपर्ने समय छ । तापनि काममा सफलता मिल्नेछ । भाग्योन्नतिको समय छ र पनि अप्रिय समाचारले खिन्नता बढ्न सक्छ । आफन्तको सहयोग बढ्ला । इस्टमित्रको सहयोग पाउनुहुनेछ । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

धनु – आरोग्यता बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ । काममा केही चुनौती देखिए पनि समयको सदुपयोग हुनेछ । धेरैले सहयोगको तत्परता देखाउनेछन् । नसोचेको फाइदा उठाउन सकिनेछ । आफ्नै बल बिबेकले कार्य गर्नु बेस रहला ।

मकर – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । रसरागमा रुचि बढ्ला । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ। धैर्यले काम लिने समय छ। प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । विकासको नयाँ सम्भावना देखापर्ला । यात्रामा सफलता पाउनुहुनेछ । रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ ।

कुम्भ – धनसम्पत्ति बढ्नुको साथै आरोग्यता पनि बढ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । समय उत्साहवर्द्धक रहला । नयाँ ज्ञान प्राप्त हुने योग छ । पितृधन समेत लाभ हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । आर्थिक पक्ष बलियो बन्ने छ ।

मीन – समय शुभ भाग्यवर्धक छ । प्रयासरत काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ । सामाजिक कामको दायित्व बढ्नेछ । अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन् । प्रयत्न गर्दा गोप्य रहस्य पत्ता लगाउन सकिनेछ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ। रोगबाट छुट्कारा पाउनुहुनेछ ।