इन्द्रेणी रङका खेलौना किन जफत गर्दैछन् साउदी अधिकारी ?

इन्द्रेणी रङका खेलौना किन जफत गर्दैछन् साउदी अधिकारी ?


समलैंगिकताविरुद्धको कदमको एक अंशको रूपमा साउदी अरेबियाका अधिकारीहरूले राजधानी रियादका पसलहरूबाट इन्द्रेणी रङका खेलौना र कपडाहरू नियन्त्रणमा लिइरहेका छन् । राज्य सञ्चालित अल-अरेविया समाचारस्टेसनको रिपोर्टअनुसार इन्द्रेणी रंगको रिबन, स्कर्ट, क्याप र पेन्सिल झोलाहरू समावेश छन् । अधिकांश साना बच्चाहरूको लागि डिजाइन गरिएको बताइएको छ ।

अभियानमा संलग्न वाणिज्य मन्त्रालयका एक अधिकारीले भने, ‘हामीले युवा पुस्तालाई लक्षित गर्दै इस्लामिक आस्था र सार्वजनिक नैतिकताविपरीत र समलैंगिकतालाई बढावा दिने वस्तुहरूलाई हटाएका छौँ ।’

इन्द्रेणी झण्डातर्फ इशारा गर्दै एक पत्रकार भन्छन्, ‘रियादको एउटा बजारमा समलैंगिकता झण्डा छ ।’ रंगले बच्चाहरूलाई ‘विषाक्त सन्देश’ पठाउँछ, रिपोर्टमा भनिएको छ । इस्लामिक सरिया कानूनको व्याख्याका लागि कुख्यात साउदी अरबमा समलैंगिकतालाई अपराध मानिन्छ ।