तापक्रम बढेपछि फ्रान्समा घरबाहिरका सार्वजनिक कार्यक्रममा प्रतिबन्ध

तापक्रम बढेपछि फ्रान्समा घरबाहिरका सार्वजनिक कार्यक्रममा प्रतिबन्ध


फ्रान्सका केही भागमा तापक्रममा उच्च वृद्धिसँगै ती क्षेत्रमा घरबाहिरका सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाइएको छ । बोर्डोवरपर गिरोन्डे विभागमा कन्सर्ट र ठूला सार्वजनिक जमघटहरू बन्द गरिएको छ ।

बिहीबार फ्रान्सका केही भागमा ४० डिग्री सेल्सियस तापक्रम पुगेको थियो । ग्लोबल वार्मिङका कारण तीव्र गर्मीको अवधि लामो समयसम्म चल्ने वैज्ञानिकहरू बताउँछन् । ताप लहर अन्त्य नभएसम्म गिरोन्डेमा सार्वजनिक कार्यक्रममा निषेध गरिएका अधिकारीहरूले बताएका छन् ।

वातानुकूलित नभएका ठाउँहरूमा घरभित्र गर्ने कार्यक्रमहरूमा पनि प्रतिबन्धित लगाइएको छ । निजी उत्सवहरू जस्तै विवाहमा भने अनुमति दिइनेछ । ‘सबैले अब स्वास्थ्य जोखिमको सामना गरिरहेका छन्’, स्थानीय अधिकारी फाबियन बुचियोले फ्रान्स ब्लु रेडियोलाई भनेका छन् ।

फ्रान्सेली गृहमन्त्रालयले मानिसहरूलाई अत्यन्त सावधान रहन र घाममा बाहिर ननिस्कन चेतावनी दिएको छ ।

स्पेन, इटाली र बेलायतमा पनि उच्च तापक्रम बढिरहेको बताइएको छ ।