लन्डन । वीरगन्जका सञ्जय यादव मम र छोइलाको स्वाद लिन मस्त थिए । बियरको चस्की मार्दै सँगै त्यहाँ पुगेका साथीसँग उनीहरु गफिदै थिए– ‘पहिलो पटक यहाँ आएको खानाको स्वादै बेग्लै लाग्यो ।’ उनी लण्डनमा आएपछि पहिलो पटक ताइचुनको चिउरासँग छोइला खान पाएको दङ्ग देखिन्थे । साथमै रहेका जगन्नाथ खड्काले रेष्टुरेन्टको वातावतरणले नै खाना खाउखाउजस्तो लाग्ने बताउँदै थिए ।
सोमबार साँझ लण्डनस्थित ब्लुअर्किड रेष्टुरेन्ट एण्ड सिभिल इन्जिनियरिङ बारमा पुग्दा भेटिका यादव र खड्काले लण्डनमा यस्तो नेपाली स्वदिष्ट खाना बिरैलै खान पाइने जिकिर गरे । खड्काले अन्य नेपाली ग्राहकलाई आएर खाएर स्वाद लिन आग्रह गरे ।
सन् १९५६ मा लण्डनको रेल्वेमा काम गर्ने इन्जिनियरहरुले आफ्नै लागि खोलेको सिभिल इन्जिनियनिङ बार त्यो क्षेत्रमा ख्याति कमाएको छ । लमजुङबाट सन १९९६ मा बेलायत हानिएका बल रायमाझीले जुन महिनाको अन्तिम सातादेखि सो रेष्टुरेन्टलाई आफ्नो बनाए । करीब १ दशकको क्याटरिङ अनुभव बटुलेका रायमाझीले रेष्टुरेन्टको नाम ब्लु अरर्किड बनाए । उनले नेपाली खानाको समेत प्रबन्ध गरे । मम, छोइला, ललिपप, सेकुवा, चिकेन चटपटेसमेत रेष्टुरेन्टमा बन्न थाल्यो ।
वेष्टलण्डनमा बस्ने नेपाली पारखीको आर्कषण बढ्दै आएको रायमाझीले बताए । सो रेष्टुरेन्टमा नेपाली खाना मात्र नभएर इन्डो चाइनिजसमेत पाक्ने गर्दछ । इण्डो चाइनिज खानामा हक्का नुडल्स, मिक्स नुडल्सको माग बढी हुने गर्छ । आउट डोर क्याटरिङ, पाटी हल, स्काइस्पोर्ट लाइभ, ओपन गार्डेन, बिबिक्यू गार्डेन, फ्रि कार पार्क, वाईफाइलगायतका सुविधा ब्लुअर्किटले दिएको रायमाझीले बताए । ब्लु अरर्किड योङ्ग जेनेरेशनले खोजेजस्तै, म्युजिक र डान्सका लागि परफेक्टस्थल भएको बताउँछन् रायमाझी । दुई सय जनासम्म सिट क्षमता भएको पार्टी हलसमेत रेस्टुरेन्टमा छ ।
ग्राहकको आवश्यकता हेरेर सो हल भाडामा दिने ब्यवस्था गरिएको जानकारी रायमाझीले दिए । उनले भने समान्यतय हामीले ग्राहकका लागि सित्तैमा हल दिने गरेका छौं, तर कहिलेकाहिँ खानाबाहेक हल बुकिङ गर्न चाहनेका लागि सुपथ मूल्यमा दिने ब्यवस्था छ ।’ बिवाह, ब्रतबन्ध, जन्मदिनलगायत पार्टी गर्न परेमा हलसँगै जोडियको गार्डेनसमेत प्रयोग गर्न सकिने व्यवस्था छ ।
बेलायतका बिभिन्न संघसंस्थाले आयोजना गर्ने अन्तक्रिया, छलफल, विचारगोष्ठी र बैठक गर्न मिल्ने गरी ठूलो स्क्रिन सहितको प्रोजेक्टरको व्यवस्था गरिएको छ । नेपाली ग्राहकका लागि १० प्रतिशत छुटको ब्यवस्था मिलाएको छ । ग्राहकको चाहानलाई मध्यनजर गर्दै छिट्टै शीशाबार शुरु गरिने जानकारी रायमाझीले दिए ।
रेष्टुरेन्टमा कार्यरत बिनिता आचार्य व्यवस्थापन राम्रो रहेको बताउँछिन् । उनले ग्राहक तथा व्यवस्थापनबीच राम्रो सम्बन्ध रहेको जनाकारी दिईन् । म ब्यवस्थापनसँग निकै खुशी छु कुनै समस्या छैन उनले भनिन्– ‘यहाँ काम गर्ने वातावरण अन्य रेष्टुरेन्टभन्दा अलग्गै छ ।’

रेष्टुरेन्ट व्यवस्थापनको जिम्मा जय आचार्यले समालेका छन् । करीब १५ बर्षदेखि सेफको पेशामा संलग्न केशव खड्काले किचनबाट स्वादिस्ट खाना पस्कने काम गर्ने छन् । वेष्टड्रानमा बस्ने राजेन्द्र सिलवाल फुर्सदमा ब्लुअर्किडमा टहलिन पुग्छन् । पहिलापहिला हन्स्लोतिर नेपाली रेष्टुरेन्ट खोज्दै जान्थे तर आजकल मलाई यहीं मात्र आउन मन लाग्छ । यहाँ आउँदा मलाई आरामदायी अनुभव हुन्छ । सिलवालले भने (सबै रेष्टुरेन्टले खाना त बनाइ हाल्छन्, तर यहाँको जस्तो प्रस्तुति अन्यत्र छैन । यहाँ के छैन रु पार्किङ्ग फ्रि छ, इण्डियन तथा नेपाली खाना पाइन्छ, पिउन मन लाग्यो भने बार यहीं छ। यहाँजस्तो अल इन वान भएको नेपाली रेष्टुरेन्ट लण्डनमा कहाँ भेटिन्छ र रु उनले प्रतिप्रश्न गरे ।
[youtube]http://www.youtube.com/watch?v=Eg4-ET7pKwc&list=UUnDYUmQhwOGHHJ6_jlyXkTg[/youtube]
प्रतिक्रिया