फिलिपिन्समा कोरोना सङ्क्रमितको सङ्ख्या उच्च

फिलिपिन्समा कोरोना सङ्क्रमितको सङ्ख्या उच्च


फिलिपिन्समा कोरोना भाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या उच्च विन्दुमा पुगेको छ ।

केही समय सङ्क्रमितहरूको सङ्ख्या घट्दै गएको भएपनि पछिल्लो समय फेरि वृद्धि हुँदै गएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

“अहिलेको तथ्याङ्कका हेर्ने हो भने पछिल्लो समय दैनिक सङ्क्रमितहरूको सङ्ख्या दिन प्रति दिन बढ्दै गइरहेको छ,” फिलिपिन्सका स्वास्थ्य मन्त्रालयका उपसचिव मारिया रोसारियो भेर्गेइरले भनेका छन् ।

अहिलेको तीव्र वृद्धिको अवस्था हेर्दा सङ्क्रमितहरूको सङ्ख्या अझै धेरै उचाइमा पुग्ने देखिएको उनको भनाइ छ ।

गत सन् २०२१ को सेप्टेम्बर र स्न २०२२ को जनवरीमा पनि यस्तै अवस्था देखिएको जानकारी दिँदै उनले एकैदिनमा सबैभन्दा धेरै सङ्क्रमित भएको दिन यही वर्षको जनवरी १५ भएको र सो दिन ३९ हजार ४ जना नयाँ सङ्क्रमित भएका बताए ।

फिलिपिन्समा पछिल्ला हप्ता भने औसतमा दुई हजार ४५८ जना नयाँ सङ्क्रमित देखिएका छन् ।