दशैं म्युजिक फेस्टिभल १३ सेप्टेम्बरमा

दशैं म्युजिक फेस्टिभल १३ सेप्टेम्बरमा


IMG_8841लण्डन । नेपाली हिन्दूहरुको पर्व विजया दशमीको अवसरमा पारी लण्डनमा दशैं म्युजिक फेस्टिभल (डीएमएफएल) हुने भएको छ । बि १३ ले बुधबार सांझ लण्डनमा आयोजना गरेको पत्रकार भेटमा आयोजक मध्यका एक प्रशान्त महर्जनले कार्यक्रमबारे जानकारी गराएका थिए ।
लण्डनको इलाफेण्ट एण्ड कास्टलमा रहेको कोरोनेट थिएटरमा १३ अगष्ट शनिबार आयोजना गरिने उक्त कार्यक्रममा नेपालको प्रसिद्ध कर्मा ब्याण्डले प्रस्तुती दिनेछ । यसका अलावा पेपरेज, डिज्यास्टर, युट्युब हिट छेवाङ, गरिमा राई, भोक्सो (ह्याण्डसमको नि लिमिट हुन्छ) लगायतले बेलुका अबेर सम्म प्रस्तुती दिनेछन् । त्यसपछि विहानसम्म कार्यक्रमा फ्रि डान्स पार्टी हुने महर्जनले जानकारी दिए ।
बेलायत आउने भीसा नदिएका कारण कार्यक्रममा एक्स ब्याण्ड भने उपस्थित नहुने भएको छ । अठार बर्ष माथिकाहरुलाई मात्र प्रवेश दिइने सो कार्यक्रममा जानेहरुका लागि अनलाईन डब्लुडब्लुडब्लु डट नेपाली दोकान डट कम मा लगअन गरी टिकेट लिन सकिन्छ ।
कार्यक्रममा सहभागी कर्मा ब्याण्डका भोकलिष्ट सुरेन्द्रमान सिंहले सहभागी दर्शकहरुलाई भरपुर मनोरञ्जन दिन आफूहरु तयार रहेको बताए । लामो समयको ज्ञापपछि ब्याण्डका साथीहरुबीच पुनः मिलन भएको छ, पत्रकार सम्मेलनमा सिंहले भने, —बेलायतवासी नेपालीहरुलाई मनोरञ्जन दिन हामी विशेष तयारीका साथ उपस्थित भएका छौं ।
पत्रकार सम्मेलनमा सन्तोष स्याङ्बो, पुजन थापा, अञ्जन बगाले, अञ्जन बगाले, प्रवेश भण्डारी, अविनाश गुरुङ लगायत सहभागी थिए ।