सुर्खेत जीप दुर्घटनाका मृतकको पहिचान खुल्यो

सुर्खेत जीप दुर्घटनाका मृतकको पहिचान खुल्यो


बुधबार दिउँसो वीरेन्द्रनगरको कपासेमा जीप दुर्घटनामा मृतक र घाइतेहरूको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा रुकुम पश्चिम चौरजहारी नगरपालिका-२ का २८ वर्षीय धर्मराज बुढाथोकी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

साथै घाइते हुनेमा अछामको तर्माखाद-२ का २७ वर्षीय तुल्सी रावल बिसी टाउकोमा चोट लागेको छ उनलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको छ ।

यस्तै, भैरवस्थान तुर्माखाद गाउँपालिका-२ अछामका ३ वर्षीया दिदिसा बुढा, कोहलपुर नगरपालिका-२ बाकेका ३१ वर्षीय भोज बहादुर घले, टिकापुर नगरपालिका-२ कैलालीकी सरस्वती विष्ट रहेका छन् ।

वीरेन्द्रनगर नगरपालिका-१४ रातानाङ्गलामा रहेको मौसमी राडरको मर्मतमा सकेर वीरेन्द्रनगरतर्फ फर्किँदै गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर बाँकेको गाडी कपासेदेखि माथिल्लो मोडमा दुर्घटनामा परेको थियो । बा. १ झ ८७८४ नम्बरको बोलेरो जीपमा सडकबाट करिब २० मिटर तल खसेको थियो ।