नेपाल परिवार नियोजन संघ, झापा शाखाको सभापतिमा तोयानाथ गड्तौला निर्वाचित भएका छन् । एकमात्र प्रतिस्पर्धी राजेन्द्र भट्टराईलाई २२ मतले पछि पार्दै गड्तौला विजयी भएका हुन् ।
नयाँ नेतृत्व चयनका लागि असार ३१ गते भएको चुनावमा विजयी गड्तौलाले २८२ मत हासिल गर्दा प्रतिस्पर्धी भट्टराईले २६० मत प्राप्त गरेका छन् ।
संघको सभापति पदको ३ वर्षे कार्यकालका लागि निवर्तमान सचिव राजेन्द्र भट्टराई र पूर्वसचिव तोयानाथ गड्तौलाबीच भएको चुनावमा आजीवन सदस्य ६९८ र साधारण सदस्य ८९ जना गरी ७८७ मतदाता रहेमध्ये ५४६ मत खसेको र ४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
शाखाको ११ सदस्यीय कार्यसमितिमा सभापति र कोषाध्यक्ष पदका लागि मात्र चुनाव हुने नियमावली छ भने कोषाध्यक्ष पदमा यस अघि नै झुमा दाहाल निर्विरोध भइसकेकी छन् ।
कार्यसमिति सदस्यहरू ८ जना रहनेछन् भने शाखाका कार्यालय(प्रमुख सदस्य(सचिव रहने प्रावधान छ ।
हरेक २ वर्षमा हुने कार्यसमितिका ती ८ जना सदस्यको चुनाव भने चक्रीय प्रणाली मार्फत हरदम पूर्ति हुने व्यवस्था रहेको छ ।
अब असार २२ गते नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापन हुने शाखाले जनाएको छ ।
प्रतिक्रिया