अलिबाबाको कर्मचारीलाई यौन दुर्व्यवहार गर्ने ग्राहकलाई १८ महिना जेल

अलिबाबाको कर्मचारीलाई यौन दुर्व्यवहार गर्ने ग्राहकलाई १८ महिना जेल


यौन दुर्व्यवहारको अभियोगमा चिनियाँ ई-कमर्स कम्पनी अलिबाबाका एक ग्राहकलाई १८ महिनाको जेल सजाय सुनाइएको छ । ती ग्राहकले कम्पनीका एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेका थिए ।

पूर्वी शहर जिनानको अदालतले उक्त सजाय सुनाएको हो । महिलालाई आक्रमण गर्नुअघि रक्सी पिउन बाध्य पारेको फैसलामा उल्लेख छ ।

ती महिलाले आफ्नो आरोप सार्वजनिक गरेपछि अलिबाबाले उनलाई कम्पनीबमट बर्खास्त गरेको थियो । यसपछि उनमाथि भएको यौन दुर्व्यवहारको घटना चिनियाँ सञ्चारमाध्यममा छाएको थियो । उनमाथिको दुर्व्यवहारले चिनियाँ महिलाहरूले कार्यस्थलमा भोग्नुपरेको उत्पीडनलाई उजागर गरेको छ भने अदालतको फैसलाविरुद्ध ग्राहकले अपील गर्ने बताएका छन् ।

चीनमा धेरैजसो यौनदुर्व्यवहारका मुद्दाहरू अदालतमा पुग्दैनन् ।

अलिबाबाका कर्मचारीले गत अगस्टमा कम्पनीले कारबाही गर्न असफल भएको सार्वजनिक रुपमा गुनासो गरेकी थिइन् । उनले सोही यात्रामा एकजना वरिष्ठ सहकर्मीलाई पनि बलात्कार गरेको आरोप लगाएकी थिइन् । त्यसपछि उनलाई बर्खास्त गरियो, तर पछि उनविरुद्धको फौजदारी मुद्दा खारेज गरिएको थियो ।

डिसेम्बरमा ती महिलालाई अलिबाबाले बर्खास्त गरेको थियो । उनले झूटा कुराहरू फैलाएर कम्पनीको प्रतिष्ठालाई हानि पुऱ्याएको उनको बर्खास्तगी पत्रमा उल्लेख थियो ।