लन्डन, बेलायतमा हुन् गैरहेको ‘दशैं मेगा इभेन्ट-२०१४’ को लागि डीआइडी लिटल मास्टर्स बिजेता तेरिया फौजा मगर बिहीबार दिउँसो बेलायत आइपुगेकी छन्, साथै गायक मिलन लामा पनि सोही दिन बेलायत आएका हुन् । तर गाएक प्रमोद खरेल भने केही दिनअघि बाटै बेलायतमै बस्दै आएका छन् । सेप्टेम्बर १३ र १४ तारेखका दिन दुई छुट्टाछुट्टै स्थानमा हुन गइरहेको उक्त कार्यक्रमलाई बेलायतमा रहेका एभरेष्ट मनी ट्रान्सफर, हिमालय ट्राभल्स, निरमाया रोधी घर लगायतले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् ।
उक्त कार्यक्रममा तेरियाले तृत्य प्रदर्शन गर्नेछिन् भने मिलन लामा र हिम्मत रानाले सांगीतिक मनोरंजन प्रदान गर्नेछन् । लण्डनको हिथ्रो बिमानस्थलमा आउँदा आउँदै उनले सम्पूर्ण बेलायतबासीहरुलाई कार्यक्रमलाई सफल पारिदिनको लागि निमन्त्रणा मात्र गरिनन् कि समस्त नेपालीहरुको सहयोगका कारण नै आफू यस स्थानमा आइपुगेको कुरा उल्लेखसमेत गरिन् । आयोजकका अनुसार उक्त कार्यक्रमबाट उठेको रकमको मुनाफाको १० प्रतिशत रकम धम्पुसको उदय उच्च माध्यमिक बिध्यालयलाई प्रदान गर्ने लक्ष्य रहेको बताएका छन् । यसका अतिरिक्त बाढी पीडितहरुलाई पनि केही रकम सहयोग गर्ने बताएका छन् ।
प्रतिक्रिया