कपिलवस्तुलाई सांस्कृतिक नगरपालिका बनाउने प्रक्रिया आरम्भ

कपिलवस्तुलाई सांस्कृतिक नगरपालिका बनाउने प्रक्रिया आरम्भ


  • कपिलवस्तु प्रतिनिधि

कपिलवस्तु नगरपालिकालाई सांस्कृतिक नगरपालिका बनाउने प्रक्रिया अघि बढाइएको छ । कपिलवस्तु नगरपालिकाको तौलिहवामा आयोजित १२ नगरसभाको दोश्रो बैठकले बुद्ध नगरी कपिलवस्तु नगरपालिकालाई सांस्कृतिक नगरपालिका बनाउने निर्णय सर्वसम्मत निर्णय पारित गरेको हो ।

बुद्धनगरी कपिलवस्तु नगरपालिकालाई सांस्कृतिक नगरपालिका बनाउने निर्णय १२औँ नगरसभाबाट सर्वसम्मतरुपमा पास भएको मेयर सुदीप पौडेलले बताए । बुद्धको माध्यमबाट प्राचिन नगरी कपिलवस्तुको चिनारी र पर्यटकीय विकासकालागि आफुहरुले यो निर्णय पारित गरेको मेयर पौडेलको भनाइ छ । ‘हामीले नगरपालिकालाई सास्कृतिक नगर बनाउने प्रकृया अघि बढायौँ, अब ठोस पहल गर्छौं’, उनले भने ।

उता १२ नगरसभाबाट आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नगरपालिकाको ९३ करोड ८४ लाख ७२ हजार बजेट पारित भएको छ । यो बजेटमा सामाजिक सुरक्षा भत्ताको रकम भने समावेश नभएको प्रमुख प्रशाकीय अधिकृत शेषकान्त पौडेलले बताए । उपमेयर सुनिता गुप्ताले पेश गरेको विनियोजन विधेयेक २०७९ समेत पास भएको हो ।

बजेटमा प्रत्येक वडालाई ८५ लाखको दरले तथा नगरस्तरीय बजेटमार्फत प्रत्येक वडालाई थप ५० लाखका दरले बजेट बिनियोजन गरिएको छ । यस्तै बजेटमा स्वास्थ्य बिमा साझेदारी कार्यक्रम संचालन गर्न एक करोड बजेट बिनियोजन भएको छ । झन्डै साढे १२ हजार लाई बिमामा समावेश गर्न बिमामा लाग्ने शुल्कको आधा रकम नगरपालिकाले ब्यहोर्ने गरी बजेट छुट्टाइएको मेयर पौडेलले बताए ।

मेयर पौडेलका अनुसार स्वास्थ्यबिमा कार्यक्रममार्फत उपचारमा सहजताका लागि यो कार्यक्रम संचालन गरिएको हो । यस्तै हुलाकी सडक निर्माणका क्रममा गत फागुनमा भत्काइएको ऐतिहासिक महेन्द्र गेट पुनःनिर्माणका लागि ५० लाख बजेट बिनियोजन गरिएको छ । यस्तै कपिलवस्तु नगरपालिका प्रवेश गर्ने चार वटा द्वारहरु जमुहार, बर्धाहवा, भिक्षुचोक र बहादुरगंज चोकमा डिजिटल प्रतिक्षालय निर्माणका लागि ५० लाख बजेट छुट्टाइएको छ । यसैगरी प्रशासन चोकअघि आकाशे पुल निर्माणका लागि ३० लाख बजेट निनियोजन भएको छ ।

यस्तै निःशुल्क शिक्षा कार्यक्रमअन्तर्गत विद्यालयलाई अनुदान दिन ८१ लाख ७३ हजार बजेट छुट्टाइएको छ । सो अवसरमा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरले बजेटमा पर्यटक प्रवर्द्धन, करारका कर्मचारीको पोशाक भत्ता ५ हजारलाई बढाएर १० हजार गर्नुपर्ने, गोरुसिंगे तौलिहवा सडक खन्डमा बुद्धको मुर्ति राख्नुपर्ने लगायतका सुझाव दिएका थिए ।

सभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आर्थिक र विनियोजन विधेयक पारित गरेको छ। करारका कर्मचारीहरुको एक वर्ष म्याद थप्ने, नगरको बजेटबाट संचालित केही योजनाहरुको म्याद थप्ने, न्यायिक समितिको प्रतिबेदन समेत पास भएको छ । यस्तै न्यायिक समितिमा वडा नम्बर १० का अध्यक्ष मोहनलाल शर्मा र वडा नम्बर ११ का अध्यक्ष रामगोपाल यादवलाई राख्ने सभाले निर्णय गरेको छ । बजेटमा प्रत्येक वडालाई ८५ लाखको दरले तथा नगरस्तरीय बजेटमार्फत प्रत्येक वडालाई थप ५० लाखका दरले बजेट विनियोजन गरिएको छ।

यस्तै बजेटमा स्वास्थ्य बिमा साझेदारी कार्यक्रम संचालन गर्न एक करोड बजेट बिनियोजन भएको छ। झन्डै साढे १२ हजार लाई बिमामा समावेश गर्न बिमामा लाग्ने शुल्कको आधा रकम नगरपालिकाले ब्यहोर्ने गरी बजेट छुट्टाइएको मेयर पौडेलले बताए ।