■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४४ नेपाल सं. ११४२ ग्रीष्म ऋतु वि.सं. २०७९ आषाढ १७ गते शुक्रबार तद्अनुसार सन् २०२२ जुलाइ १ तारिख आषाढ शुक्ल पक्षको द्वितीया तिथि तिष्य नक्षत्र व्याघ्यात् योग तैतिल करण आनन्दादिमा उत्पात योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाण्डौंमा सूर्योदय बिहान ५ः१३ बजे भयो र सूर्यास्त साँझ १९ः०२ बजे हुनेछ । श्री जगन्नाथ रथयात्रा ।
आजको राशिफल
मेष – आजको दिन व्यस्तता बढे पनि घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने छ, दिन रमाइलोको साथ बित्ने छ । रोकिएका अधुरा कामहरु पूरा हुने छन भने व्यवहारिक समस्याको हल हुनेछ । आफ्नै बल विवेकले काम गर्नु हितकर हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता वृद्धि हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । मान प्राप्त हुनेछ ।
वृष – पराक्रम बढ्ने र इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुने दिन छ । आरोग्यता पनि बढ्ला । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । महत्वपूर्ण कार्यमा सफलता पाउन सकिनेछ । दान पुण्यका कार्यमा आकर्षण बढ्ने छ । सामाजिक कार्यमा संलग्न हुनुपर्ने देखिन्छ, सोच्दै नसोचेको ठाउँबाट आर्थिक लाभ हुने समय छ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । धनसित सम्बन्धित वार्तामा सफलता पाउनुहुनेछ । आशा उत्साह बढ्नेछ ।
मिथुन – सन्तान पक्षबाट केही कष्ट हुन सक्छ । स्वास्थ्यमा समस्या आउने र उपचारका लागि खर्च हुने योग छ । गरेका कार्यहरु हतपत नबन्ने र बनिहाले पनि मेहनतअनुसारको फल नमिल्न सक्छ । यात्रामा सफलता प्राप्त हुनेछ । आरोग्य वृद्धि हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।
कर्कट – आजको दिन काममा सफलता प्राप्त हुनेछ । उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । जाँगरमा सुधार आउने छ साथै आफन्तले पनि सहयोग गर्नाले सबै रोकिएका कामहरु बन्न थल्ने छन् । प्रयास अनुसारको कार्य हुनुका साथै परिआएका समस्याको हल हुनेछ । रसरागमा रुचि बढ्नेछ । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।
सिंह – समय नराम्रो छैन । लगानी वृद्धि हुनेछ । काममा व्यस्तता बढ्नेछ । उधोग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । समस्याहरु आफै किनारा लाग्ने छन् । धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । सन्तानबाट सुख प्राप्त हुनेछ । ऋण रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ । उन्नति पदोन्नति हुनेछ ।
कन्या – प्रतिष्ठा जोगाउन सफल भइनेछ । बिस्तारै कामहरु बन्न थाल्ने छन् । लामो यात्राको प्रक्रिया अघि बढ्ला । घरपरिवारबाट सुख शान्ति पाइने छ । यात्राको लागि उचित समय रहेको देखिन्छ । रोकिएको काम बन्नुसंगै नयां काम पनि बन्नेछ । आरोग्यता अभिवृद्धि हुनेछ । मीठो भोजन पाउनुहुनेछ । आफन्तको सहयोग मिल्नेछ । रसविलासमा रुचि बढ्नेछ ।
तुला – सोचेअनुरुप काम नहुने र सापटी रकम फिर्ता नहुने योग छ । परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा पनि कठिनाइ हुनेछ । तथापि मान महत्व र गौरवमा वृद्धि हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । आफन्तजनको सहयोग र समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।
वृश्चिक – आजको दिन ठोस काम नभइ त्यसै त्यसै अलमलमा बित्न सक्छ । परिवारबाट भने सुख मिल्ने दिन छ । मिठो भोजन प्राप्त हुनेछ । प्रेमपथमा प्रगति होला । साथीसित भेटघाट होला । गीतसंगीतमा आकर्षण बढ्नेछ । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । आजको दिन सफलताको लागि धैर्य र संयम आवश्यक छ ।
धनु – व्यस्तता वृद्धि हुनेछ । आज पारिवारिक सुख मिल्नुका साथै आत्माबल बढ्नेछ । लाभदायक समय हुनाले ब्यापारमा सोचेअनुरुपको फाइदा होला । जोखिममा नपर्नु हितकर हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । आफ्नै बल विवेकले कार्य गर्नु बेस रहला । समस्याको समाधान गर्नुहुनेछ । मनोकूलको काम बन्नेछ ।
मकर – पारिवारिक सुख प्राप्त हुनेछ । ऋण रोग र शत्रुलाई जीत्ने सामर्थ्य बढ्नेछ । धर्मिक कार्यमा सम्लग्न हुने समय छ । बाहान, चौपाया आदि प्राप्त होला, साथै नयाँ सामानको खरिद गर्ने योग देखिन्छ । साहसिक काम बन्नेछ । रसरागमा रुचि बढ्ला । यात्रामा सफलता पाउनुहुनेछ । इष्टमित्रको सहयोग मिल्नेछ ।
कुम्भ – आजको दिन विशेष सतर्कताका साथ बिताउनु उपयुक्त हुनेछ । अनावश्यक डर, वादविवाद हुनसक्नाले समय खासै राम्रो छैन, होस राख्नुहोला । गरेका कामहरु अधुरा रहने छन् भने स्वास्थ्यले पनि साथ नदिन सक्छ । घरपरिवारको स्थिति भने अनुकूल रहनेछ ।
मीन – बौद्धिक र रचनात्मक कार्य बन्ने योग रहे पनि घर परिवारमा खटपट हुनुका साथै व्ययवहारिक समस्याले सताउने छ । कामहरु अधुरै रहन सक्छन् । मीठो भोजन खान पाउनुहुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । सन्ततिसुख बढ्ला ।
प्रतिक्रिया