निजगढबाट गठबन्धन-सरकारका शीर्ष नेताद्वारा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा

निजगढबाट गठबन्धन-सरकारका शीर्ष नेताद्वारा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा


गठबन्धनका शीर्ष नेताहरू बाराको निजगढमा पुगेका छन् । उनीहरू प्रस्तावित अन्तर्राष्ट्रिय निजगढ विमानस्थलको स्थलगत अध्ययनका लागि शनिबार निजगढ पुगेका हुन् । सो क्रममा उनीहरूले निजगढ अन्तर्राष्ट्रिय विमानमास्थाल बनाउने घोषाणा गरेका छन् ।

निजगढ पुग्नेमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्नी शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, अर्थमन्त्री जनार्दन शर्मा, खानेपानीमन्त्री उमाकान्त चौधरी, पर्यटनमन्त्री जीवनराम श्रेष्ठलगायत छन् ।

कार्यक्रममा प्रधानमन्नी शेरबहादुर देउवाले अहिले कम्तिमा दुई लेनको मात्रै भए पनि विमानस्थल बनाउनु पर्ने बताए । यसमा अरूले अवरोध गर्नको कुनै अर्थ नभएको पनि उनले बताए ।