लण्डनमा धेरै जसो ‘च्यारीटी डिनर’ को माहोल हुन्छ तर, त्यो भन्दा फरक वातावरण थियो सेप्टेम्वर १३ मा स्थानीय सडवरी प्राइमरी स्कूल वेम्वली हलमा । आफ्नो ३० औं वर्षगाँठ अर्थात ‘सिल्भर जुव्ली’ मनाउन एनजे ताइकण्डो एकाडेमीले आयोजना गरेको ‘च्यारीटी लन्च’ को लागि उल्लेख्य मात्रामा विहान ११ नबज्दै अतिथि र निम्तालुहरु भेला भइसकेका थिए । ‘च्यारीटी लन्च’ को मुख्य उद्देश्य चैं भर्खरै स्थापित भएको ‘नोआ आर्क मिसन स्पोर्ट सोसियल ल्कव’ लाई केही सहयोग पुर्याउनु थियो । ‘मार्सल आर्ट, आत्मसुरक्षा र शारिरिक सुसंगठन’ मा पिएचडी ग्रान्डमास्टर डा. एनजे गुरुङ्गले टाइकण्डो क्षेत्रको तीनदशक लामो आफ्नो अनुभव, लगानी, परिश्रम अव सामाजिक क्षेत्रमा केही गर्ने उदेश्यकासाथ खेलको माध्यमवाट समाजसेवामा प्रवेश गरेको उक्त अवसरमा वताईएको थियो । टाइकण्डोका विविध प्रदर्शनले सहभागीलाई आकर्षित गरेको थियो । गीत संगीत र नृत्यले वातावरणलाई अझै रमाइलो वनाएको उक्त ‘च्यारिटी लन्च’ मा विभिन्न क्षेत्रका महानुभावहरुलाई सम्मानित पनि गरिएको थियो । सामाजिक क्षेत्रको काम संगसगै आत्मिक हृदय वनाउन एनजे तेकण्डो एकाडेमीले अव आफ्नो एउटा प्रमुख लक्ष्यको रुपमा अगाडि वढाएकोले सवै क्षेत्रका समूदायवाट हौसला, प्रेरणा र सहयोग मिल्नेमा आशावादी रहेको कुरा आयोजक मध्येकी एक दीपा गुरुङ्ग (राई) ले बताईन् ।
एनआरएन यूकेका पूर्व अध्यक्षहरु ‘रिटाएर्ड’ मेजर डमर घले, कुल आचार्य एनआरएनका युरोपका पूर्व सहसंयोजक लक्ष्य गुरुङ्ग, अक्सफोर्ड युनिभरसीटीका क्रिस हुग्हेज लगायत स्थानीय काउन्सिलरहरुको समेत उपस्थिति रहेको सो कार्यक्रम चार घण्टासम्म चलेको थियो ।
-गीता शाही
प्रतिक्रिया