शिकागोमा गोली चल्दा ६ जनाको मृत्यु

शिकागोमा गोली चल्दा ६ जनाको मृत्यु


अमेरिकाको शिकागोस्थित एक उपनगरमा गोली चल्दा ६ जनाको मृत्यु हुनुका साथै कम्तीमा २४ जना घाइते भएका छन् ।

एक बन्दुकधारीले उत्सव सुरु भएको केही मिनेटपछि एउटा पसलको छतबाट परेडमा गोली चलाएका थिए ।

गोली चलेपछि सर्वसाधारण मानिस आतंकित बनेर भाग्दै गरेको भिडियो सामाजिक सञ्जालमा देख्न सकिन्छ । बन्दुक हमलाबारे प्रहरीले अनसन्धान सुरु गरेको छ ।