संघीय संसद्को आगामी निर्वाचन र भातृ संस्थाका समस्याका बारेमा नेपाली कांग्रेसको पदाधिकारी बैठकमा प्रारम्भिक छलफल भएको छ ।
आजदेखि सुरु भएको पदाधिकारी बैठकमा मुख्यत भातृ तथा शुभेच्छक संस्थामा देखापरेका समस्यादेखि मर्जसम्मका विषयमा छलफल भएको हो ।
प्रवक्ता प्रकाशशरण महतले नयाँ भातृ तथा शुभेच्छक संस्थाका लागि निवेदन आएकाले सोही विषयमा बैठक केन्द्रित भएको बताए । ‘भातृ संस्थाका लागि निवेदन आएका छन्, केहीमा समस्यामा देखापरेका छ, त्यसलाई कसरी हल गर्ने भन्ने विषयमा छलफल भएको छ’ प्रवक्ता महतले भने । उनका अनुसार बैठक जारी छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएपछि सो बैठक उपाध्यक्ष पुर्णबहादुर खडकाको सभापतित्वमा बसेको थियो । बैठकमा पूर्वपदाधिकारीसहित केही केन्द्रिय सदस्यहरुको पनि उपस्थितिरहेको थियो ।
प्रतिक्रिया